Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

युएस ओपनमा फाइनलसम्मको यात्रा ‘जादुमय’ : फर्नान्डेज

न्युयोर्क, (खेलाडी)- क्यानेडियन किशोरी लेला फर्नाडेजले युएस ओपनको फाइनलमा बेलायतकी इमा राडुकानुसँग पराजित भए पनि त्यहाँसम्मको यात्रा ‘जादुमय’ भएको बताएकी छिन् । 

प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गर्ने क्रममा विश्व वरियताको ७३औं स्थानमा रहेकी फर्नान्डेजले वरियतामा शिर्ष पाँचभित्र रहेका तीन प्रतिस्पर्धी नाओमी ओसाका, इलिना भिटोलिना र अर्यना साबालेंकाको चुनौती पन्छाएकी थिइन् । 

१८ वर्षिया राडुकानुले आइतबार बिहान फाइनलमा फर्नान्डेजलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेकी थिइन् । 

‘यो साच्चै नै जादुमय छ’, खेलपछि पत्रकार सम्मेलनमा फर्नान्डेजले भनिन्, ‘मैले पछिल्लो दुई हप्तामा कोर्टमा जे गरेँ, जस्तो प्रदर्शन गरेँ, त्यसबाट म आफूसँग निकै खुसी छु । मैले टेनिसमा मात्रै नभई भावनात्मक र मानसिक रुपमा धेरै सुधार गरेँ ।’

फर्नान्डेजले हार निकै नमिठो भए पनि प्रदर्शनबाट खुसी रहेको बताउँदै आगामी प्रतियोगिताहरुमा यही स्तरलाई कायम राख्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

\