Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मेसी र नेइमार आराममा रहँदा एमबाप्पेको उच्च फर्म

पेरिस, (खेलाडी)- किलियन एमबाप्पे र एन्डर हेरेराको उच्च फर्मले निरन्तरता पाउँदा पेरिस सेन्ट जर्मन (पिएसजी) ले शनिबार राति क्लेरमोन्टमाथि ४-० को जित हासिल गर्दै सत प्रतिसत नतिजा यात्रालाई कायम राखेको छ । 

मध्यसातामा अन्तर्राष्ट्रिय खेलका लागि लामो भ्रमण गरेका कारण लियोनेल मेसी र नेइमारविना मैदान उत्रिएको पिएसजीले लियोनार्दो परेड्स र एन्जेल डी मारियालाई पनि आराम दिएको थियो । तथापि पिएसजीले नयाँ सिजनमा लगातार पाँच विजयी नतिजा निकाल्न शनिबार खास मेहनत गर्नु परेन । 

फ्रान्सका लागि विश्वकप छनोटको खेल खेल्ने क्रममा पिडुलामा समस्या भोगेका एमबाप्पे फिटनेस परिक्षण पार गर्दै शनिबारको खेलमा मैदान उत्रिएका थिए । अगस्टमा रियाल मड्रिडबाट तीन पटक आएको सरुवा प्रस्ताबमा सहमति हुन नसकेपछि पेरिसमै बसेका एम्बाप्पेले दोस्रो हाफको १०औं मिनेटमा काउन्टर अट्याकको मुभलाई गोलमा परिणत गरेका थिए । 

त्यसअघि पहिलो हाफमा हेरेराले दुई गोल गर्दै पिएसजीलाई सहज अवस्थामा पुर्याइसकेका थिए । फ्रान्सेली लिग वानको नवप्रवेशी टोली क्लेरमोन्टविरुद्ध इद्रिसा गाना गुइयेले ६५औं मिनेटमा अर्को गोल गरेपछि पिएसजी थप सहज अवस्थामा पुगेको थियो । 

फ्रान्सेली लिग वानअन्तर्गत गए राति नै भएका अन्य खेलमा लोरियन्टले लिलेमाथि २-१ को जित हासिल गर्दा मार्सेले मोनाकोलाई २-० ले निराश पार्यो । 

लगातार जित हासिल गरेको पिएसजी पाँच खेलमा १५ अंकका साथ लिग वान अंकतालिकाको शीर्ष स्थानमा रहँदा चार खेल खेलेको मार्से १० अंकका साथ तेस्रो स्थानमा छ । समान १० अंक भए पनि एंगर्स गोलअन्तरमा माथि छ ।

प्रतिक्रिया दिनुहोस

\