फ्रान्सलाई नेसन्स लिग

मिलान, (खेलाडी)-  केलियन एम्बाप्पेको निर्णायक गोलमा स्पेनमाथि रोमाञ्चक जितका साथ फ्रान्स युइएफए नेसन्स लिग विजेता बनेको छ ।

आइतबार भएको फाइनलमा पुनरागमनमा फ्रान्सले स्पेनलाई २-१ ले हरायाे । 

६४औं मिनेटमा मिकेल ओयारजावलको गोलमा स्पेनले अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि नै करिम बेन्जेमाले फ्रान्सलाई खेलमा फर्काए । खेल सकिन १० मिनेट बाँकी रहँदा एम्बाप्पेले फ्रान्सका लागि गरेको गोल निर्णायक बन्यो ।

युइएफए नेसन्स लिग जित्ने फ्रान्स दोस्रो टोली हो । यसअघि पोर्चुगलले सन् २०१९ मा नेसन्स लिगको उपाधि जितेको थियो ।

प्रतिबन्धमुक्त हुँदै युरोपियन च्याम्पियनसिप २०२० का लागि राष्ट्रिय टोलीमा फर्किएका बेन्जेमाले फ्रान्सबाट उपाधि जित्ने लक्ष्य पूरा भएको प्रतिक्रिया दिए ।

'म फ्रान्सबाट उपाधि जित्न चाहन्थे र त्यो सपना साकार भएको छ,' बेन्जेमाले भने,  'हामीले आफ्नो क्षमता प्रमाणित गरेका छौ किनभने हामी सहजै हार मान्ने टोली होइन । हामीले फ्रान्सको टोली अझै उत्कृष्ट रहेको सन्देश दिएका छौ ।'