Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

रोनाल्डोलाई बढी भन्दा बढी खेलाउनुपर्छ : सान्तोष

दोहा, (खेलाडी)- पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले क्रिस्टियानो रोनाल्डोलाई बढी भन्दा बढी समय खेल्ने मौका दिनुपर्ने भन्दै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरको आलोचना गरेका छन् । 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति कतारमाथि ३-० को जित हासिल गर्दा पोर्चुगलका लागि पछिल्ला सात खेलमा नवौं गोल गरेपछि रोनाल्डोको प्रशंसामा सान्तोषले सोल्सायरको आलोचना गरेका हुन् । पोर्चुगलको जर्सीमा त्यो रोनाल्डोको एक सय ८१औं अन्तर्राष्ट्रिय खेल थियो ।

पुरुषतर्फ सर्वाधिक एक सय १२ गोलका साथ अन्तर्राष्ट्रिय गोल गर्नेमा सबभन्दा अगाडि रहेका रोनाल्डोलाई प्रिमियर लिगमा गत साता सोल्सायरले पहिलो हाफ खेलाएपछि आराम दिएका थिए । यसैगरी एभर्टनसँग घरेलु मैदानमा १-१ को निराशाजनक बराबरी नतिजा निकालेको खेलमा पनि सोल्सायरले रोनाल्डोलाई पहिलो रोजाइमा खेलाएका थिएनन् । काभानीलाई पहिलो रोजाई दिइएको उक्त खेलमा रोनाल्डोलाई पछिल्लो ३३ मिनेट मैदान उतारिएको थियो । 

‘उनलाई बढी भन्दा बढी समय खेलाइनुपथ्र्यो । रोनाल्डो यस्ता खेलाडी हुन्, जसलाई धेरै भन्दा धेरै खेलको आवश्यकता छ । बलसँगको नाताका लागि पनि उनको मैदानमा रहनु जरुरी हुन्छ । अभ्यास र खेलमा धेरै फरक हुन्छ,’ सान्तोषले भने, ‘युनाइटेडले ठूलो अपेक्षा राख्ने हो भने रोनाल्डोलाई धेरै भन्दा धेरै समय मैदानमा राख्नुपर्छ ।’

३६ वर्षको उमेरमा युनाइटेड फर्किएका रोनाल्डोले प्रिमियर लिगमा आफ्नो प्रभाव पुनस्थापित गरिसकेका छन् । सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित रोनाल्डोले प्रिमियर लिगमा तीन तथा च्याम्पियन्स लिगमा दुई गरी युनाइटेडका लागि पाँच गोल गरिसकका छन् ।  

प्रतिक्रिया दिनुहोस

\