Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

अफगानिस्तानको कप्तानी नाबीले गर्ने 

काबुल, (खेलाडी)- अफगानिस्तानले अर्को महिना हुने ट्वान्टी २० विश्वकप क्रिकेटका लागी कप्तानमा मोहमद नाबी नियुक्त गरेको छ ।

यसअघि अफगानिस्तान क्रिकेट बोर्डले युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपका लागि रासिद खानको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । 

तर खेलाडी छनोटमा संघले आफूसँग सहमति नलिएको भन्दै रासिदले कप्तानी छाड्ने घोषणा गरेपछि संघले कप्तानको जिम्मेवारी नाबीलाई दिएको हो ।
 
१७ अक्टोबरदेखि सुरु हुने विश्वकपमा अफगानिस्तानको पहिलो खेल २५ अक्टोबरमा छ । 

प्रतिक्रिया दिनुहोस

\