रासिदको राजिनामा 

काबुल, (खेलाडी)– ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि घाेषाित टोलीमा असन्तुष्टी जनाउदै रासिद खानले अफगानिस्तानकाे कप्तानबाट राजिनामा दिएका छन् ।

अक्टोवर १७  देखि नोभेम्बर  १४ सम्म ओमान र युएईले संयुत्त रुपमाा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागी अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले शुक्रबार रासिदको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको थियो ।

त्यसको केहि घण्टापछि नै रासिदले कप्तानीकोे जिम्मेबारीबाट पछि हट्ने निर्णय गरेका थिए ।

’अफगानिस्तानको कप्तानको हैसियतमा राष्ट्रिय क्रिकेट टोली छनोटमा मेरो पनि केही अधिकार हुन्छ, रासिदले भने, ’तर एसिबीले विना जानकारी मनोमानी तरिकाले ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि टोलीको घोषणा ग¥यो, त्यसमा मेरो समर्थन छैन । त्यसैले कप्तानको जिम्मेबारीबाट पछि हट्नेृ निर्णय लिएको हुँ ।


रासिद जुलाईमा दोस्रो पटक अफगानिस्तानको ट्वान्टी–२० क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए ।

यसअघि एसिबी रासिद सन् २०१९ मा अज्गर अफगानको स्थानमा टेस्ट र एक दिवसीयका साथै ट्वान्टी–२० क्रिकेट टोलीको कप्तानमा नियुत्त गरेको थियो ।