Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

मेसीले उछिने पेलेको कीर्तिमान

ब्युनस आयर्स, (खेलाडी)- अर्जेन्टिनाले बोलिभियामाथि ३-० को जित हासिल गरेको विश्वकप छनोटको खेलमा शुक्रबार बिहान ह्याट्रिक गरेपछि लियोनेल मेसी दक्षिण अमेरिकी फुटबलको इतिहासमै सबभन्दा बढि अन्तर्राष्टिय गोल गर्ने खेलाडी बनेका छन् । 

बिहीबार ७८ र ७९औं अन्तर्राष्ट्रिय गोल गरेपछि मेसी पेलेको नाममा रहेको ७७ गोलको पुरानो कीर्तिमान तोड्न सफल भए । 

बोलिभियाविरुद्ध १४औं मिनेटमा पहिलो गोल गरेपछि ३४ वर्षे मेसीले पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए । ६४औं मिनेटमा अर्को गोल गर्दै पेलेलाई उछिनेका मेसीले समय सकिन दुई मिनेट बाँकी रहँदा व्यक्तिगत ह्याटिक पूरा गरेका थिए । 

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिना आठ खेलको समाप्तीसम्म पनि अपराजित रहन सफल भएको छ । यसक्रममा टोलीले पाँच जित हासिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस

\