Breaking News
गृहपृष्ठ/ फुटबल
Image
बंगलादेशविरुद्धको खेलमा राष्ट्रिय गान गाउँदै गरेको १२ सदस्यीय नेपाली टोली । तस्बिर : खेलाडी
Image
Image
Image
- खेलाडी

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल, ११ भर्सेज १२

काठमाडौं, (खेलाडी)- नेपाली महिला राष्ट्रिय टोलीले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बिहीबार बंगलादेशमाथि २-१ को जित हासिल गर्दा प्रिती राईले नेपालको जर्सीमा पहिलो खेल खेल्ने क्रममै व्यक्तिगत गोलको खाता खोलिन । 

घरेलु दशरथ रंगशाला मैदानमा चार खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने मौका पाए । उज्वेकिस्तानमा असोजको पहिलो साता हुने एएफसी महिला एसियन कप २०२२ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले अभ्यास खेल खेल्न बंगलादेशलाई निम्त्याएको हो । 

बंगलादेशको महिला राष्ट्रिय टोली दुई खेलको शृंखलाका लागि काठमाडौं आएको हो । नेपाल र बंगलादेशका महिला टोलीबीच दोस्रो खेल आइतबार दशरथ रंगशालामा हुनेछ । 

पहिलो हाफमा खेलमाथि नियन्त्रण राखे पनि दोस्रो हाफमा नेपाल लापरवाह रुपमा प्रस्तुत भइरहँदा बंगलादेशले खेलमा दबाब बनाउँदै एक गोल फर्कायो । 

घरेलु मैदानमा चार खेलाडीले ‘सुखद’ डेब्यु गरेको अन्तर्राष्ट्रिय खेलमा व्यवस्थापन भने टोल कपको जस्तो हुँदा नेपाली फुटबल लज्जित हुनुपरेको छ ।

तथापि एसियन कपको छनोटमा हङकङ र फिलिपिन्ससँग खेल्नुपर्ने नेपालका लागि बंगलादेशविरुद्धको शृंखलामा विजयी सुरुआतले पक्कै पनि टोलीलाई उर्जा प्रदान गर्नेछ । 

घरेलु मैदानमा चार खेलाडीले ‘सुखद’ डेब्यु गरेको अन्तर्राष्ट्रिय खेलमा व्यवस्थापन भने टोल कपको जस्तो हुँदा नेपाली फुटबल लज्जित हुनुपरेको छ । 

विश्व फुटबलको सर्वमान्य मान्यता के हो भने, यो सुन्दर खेल ११ का विरुद्ध ११ को बीचमा हुने गर्छ । तर बिहीबार दशरथ रंगशालामा त्यस्तो भएन । रंगशालामा खेल सुरु हुनुअघि पहिलो रोजाईका खेलाडीले मैदानको मध्यभागमा राष्ट्रिय गान गाउँदा भ्रमणकारी बंगलादेशको टोलीमा ११ जना नै खेलाडी थिए । तर नेपाली टोलीका भने १२ खेलाडी छातिमा हात राखेर राष्ट्रिय गान गाइरहेका थिए । 

लापरवाही र गैह्रजिम्मेवारीपनाको शृंखला यतिमै रोकिएन । नेपाली फुटबलकै बदनाम हुने यस्तो दृष्य आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सगौरव आफ्नो फेसबुक पेजमा पोष्ट पनि गरेको छ । 

नेपाली टोलीका अस्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स तथा सहायक प्रशिक्षक हरि खड्कालगायत सबैलाई १२ खेलाडी मैदान पठाउनु हुन्न भन्ने थाहा थियो । म्याच कमिस्नर गोकुल थापा त त्यस्तै प्राविधिक कुरा मिलाउनकै लागि जिम्मेवारी लिएर बसेका हुन् । 

तर जिम्मेवार अधिकारीहरुको लापरवाहीका कारण बडो तामझामका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय खेलमा यति हास्यास्पद दृष्य दशरथ रंगशालामा देखियो । लापरवाही र गैह्रजिम्मेवारीपनाको शृंखला यतिमै रोकिएन । नेपाली फुटबलकै बदनाम हुने यस्तो दृष्य आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले सगौरव आफ्नो फेसबुक पेजमा पोष्ट पनि गरेको छ । 

नेपाली टोलीका प्रशिक्षक फिलिप्सले आफूहरुले कुनै गल्ति नगरेको जिकिरका साथ खेलपछिको पत्रकार सम्मेलनमा पुनम जर्घा मगरलाई सम्मानस्वरुप १२ खेलाडी मैदान छिराएको बताए । पुनमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र उनले फेरी राष्ट्रिय टोलीबाट खेल्न नसक्ने सम्भावनाका कारण यस्तो सम्मान दिइएको उनको जिकिर थियो । 

‘नेपाली फुटबल एन्फामा जिम्मेवारी लिएर बसेका सिमित अधिकारीहरुको होइन । पैसा तिरेर हेर्न रंगशाला धाउने, घरमै टेलिभिजनमा हेर्ने र त्यसो पनि गर्न नसक्दा नेपालले जितोस भनेर प्रार्थना गर्ने लाखौं लाख नेपाली समर्थकको साझा गौरवको विषय हो,’ मैदानमा १२ जना खेलाडी देखेपछि प्यारापिटबाट एक समर्थक भन्दैथिए, ‘यति गैह्रजिम्मेवार पदाधिकारीहरुलाई सजाँय हुनै पर्छ । यस्तै लापरवाहीले हो नेपाली फुटबल माथि उठ्न नसकेको ।’

बंगलादेशविरुद्धको पहिलो खेल बिहीबार नेपाली रेफ्री कविन व्यन्जनकारले खेलाएका थिए । लाइनबाट उनलाई सहायक रेफ्रीहरु विना श्रेष्ठ र नानीराम थापाले सघाएका थिए । यसैगरी भारतका गौतम कार रेफ्री एसेसरको भूमिकामा रहँदा फोर्थ अफिसियल अञ्जना राई थिइन ।

प्रतिक्रिया दिनुहोस

\