Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

जेभरेभ युएस ओपनको अन्तिम चारमा

न्युयोर्क, (खेलाडी)- टोकियो ओलम्पिक २०२० का च्याम्पियन एलेक्जेन्डर जेभरेव युएस ओपनको सेमिफाइनल प्रवेश गरेका छन् । 

बिहीबार भएको खेलमा जेभरेवले दक्षिण अफ्रिकाका लड ह्यारिसलाई सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । क्वार्टरफाइनलमा चौथो वरियताका जेभरेवले ७-६ (८/६), ६-३, ६-४ को जित हात पारे ।

सेमिफाइनमा उनको भेट नोभाक जोकोभिच र माटियो बेरेन्टनीबीचको विजेतासँग हुनेछ । जेभरेवले जोकोभिचलाई टोकियो ओलम्पिकको सेमिफाइनलमा हराएका थिए । उनी लगातार दोस्रो पटक युएस ओपनको सेमिफाइन प्रवेश गरेका हुन् । गत वर्ष फाइनल प्रवेश गरे पनि डोमिनिक थिइमलाई नतिजा सुम्पिएपछि उनी उपविजेतामा सिमित भएका थिए ।

‘गत वर्ष म उपाधिको नजिक पुरेर पनि सफल भइन,’ जेभरेवले भने, ‘पुनः उपाधि यात्रामा अघि बढेको छु । त्यसैले खुशी छु ।’

प्रतिक्रिया दिनुहोस

\