Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

बेलायती किशोरी राडुकानु युएस ओपनको सेमिफाइनलमा

न्युयोर्क, (खेलाडी)- बेलायतकी इमा राडुकानुले युएस ओपनमा आफ्नो सनसनीपूर्ण यात्रालाई निरन्तता दिने क्रमम ११औं वरियताकी बेलिन्डा बेन्सिचलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छिन् ।

बेन्सिचमाथि राडुकानुले ६-२, ६-४ को सोझो सेटमा जित हात पार्दै युएस ओपनको अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । 

यस जितसँगै राडुकानु विश्व वरियताको शीर्ष ५० मा प्रवेश गरेकी छिन् भने बेलायतको शीर्ष महिला खेलाडी बनेकी छिन् । शुक्रबार हुने दोस्रो सेमिफाइनलमा राडुकानुले चेक गणतन्त्रकी क्यारोलिना पिल्सकोभा र मारिया साकिरीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।

ग्रान्ड स्लाममा राडुकानुको यो दोस्रोसहभागिता हो । विश्व वरियताको १ सय ५०औं नम्बरमा रहेकी राडुकानु शीर्ष सयभन्दा बाहिरबाट युएस ओपनको सेमिफाइनल प्रवेश गर्ने तेस्रो महिला खेलाडी हुन् ।

‘म सेमिफाइनल यात्राका लागि निकै खुशी छु,’ राडुकानुले भनिन्, ‘बेलिन्डा कठिन प्रतिद्धन्द्धी हुन्, जो उत्कृष्ट लयमा थिइन । उनलाई हराउनु आफैमा विशेष क्षण हो । म मेरो यात्रामा रमाइरहेकी छु ।’

प्रतिक्रिया दिनुहोस

\