बेल्जियममाथि फ्रान्सको रोमाञ्चक जित

लन्डन, (खेलाडी)-  थियो हर्नान्डेजले इन्जुरी समयमा गरेको गोलमा बेल्जियममाथि रोमाञ्चक जित हात पार्दै फ्रान्स नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा २-० ले पछि परेको फ्रान्सले अन्ततः ३-२ को नतिजा निकाल्दै स्पेनविरुद्ध आइतबार हुने उपाधि भिडन्त पक्का गरेको हो ।

यसअघि बुुधबार इटालीको कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पेनले फाइनलको टिकट पक्का गरेको थियो ।

३७औं मिनेटमा यानिक कारोस्कोले गरेको गोलमा बेल्जियमले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि रोमेलु लुकाकुले गरेको गोलमा बेल्जियमले अग्रता दोब्बर पारेको थियो ।

६१औं मिनेटमा करिम बेन्जेमाले बललाई जाली चुमाउँदा फ्रान्सले खेल २-१ को अवस्थामा ल्याएको थियो । त्यसको आठ मिनेटपछि किलियन एम्बाप्पेले पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सलाई खेलम फर्काए  ।

हर्नान्डेजले इन्जुरी समयमा गरेको गोलमा फ्रान्सले नेसन्स कप फाइनलको टिकट पक्का गरेको हो ।