Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

लिंगार्डद्धारा युनाइटेडसँग सम्झौता नवीकरण गर्न अस्वीकार

म्यानचेस्टर, (खेलाडी)- इङ्ल्यान्डका फरवार्ड जेसी लिंगार्डले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता नवीकरण गर्न अस्वीकार गरेका छन् । 

यस सिजन युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमनपछि उनले क्लब छोड्ने सम्भावना रहेको बिबिसीले जनाएको छ । 

यस सिजनको अन्त्यसँगै फरवार्ड क्लबसँग लिंगार्डको सम्झौता पनि सकिनेछ । पोर्चुगाली स्ट्राइकर रोनाल्डो पनि यसै सिजन पुरानो क्लब युनाइटेड फर्किएका थिए । 

रोनाल्डो क्लबमा फर्किपछि लिंगार्डको मैदान उत्रने सम्भावना निकै कम देखिएको थियो । 

२८ वर्षे लिंगार्ड गत सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा वेष्ट ह्याम गएका थिए । क्लबको प्रस्ताव अस्वीकार गरेका लिंगार्ड वेष्ट ह्याम फर्किने योजनामा रहेको बताइएको छ । 

एन्डोरा विरुद्धको खेलमा शानदार प्रर्दशन गरेका लिंगार्डले दुई गोलको योगदान गरेका थिए । युनाइटेडको एकेडेमीबाट फुटबल करियर सुरुआत गरेका उनले सन् २०११ मा सिनियर टिमबाट ‘डेब्यु’ गरेका थिए

क्लबको लागि उनले १ सय ३४ प्रिमियर लिग खेलमा १८ गोल गरेका छन् । 

लिंगार्डले इङ्ल्यान्डको लागि उनले ३१ खेलमा ६ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

\