ग्वार्डिओला स्पेनको प्रशिक्षक बनेकाे हेर्न चाहन्छु: इनरिके

मड्रिड, (खेलाडी)– लुइस इनरिकेले भविष्यमा पेप ग्वार्डिओलाले स्पेनको प्रशिक्षण सम्हालेको हेर्ने चाहना व्यक्त गरेका छन् ।

बार्सिलोनाका पूर्वप्रशिक्षक ग्वार्डिओलाले गत महिना प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको प्रशिक्षण छोडेपछि राष्ट्रिय टाेलीकाे प्रशिक्षक बन्ने इच्छा रहेको बताएका थिए ।

ग्वार्डिओलाको सिटीसँगको सम्झौता सन् २०२३ मा सकिने छ । इनरिकेले ग्वार्डिओला स्पेनको राष्टिय टोली सम्हाल्न आएमा आफू स्वागत गर्न तयार रहेको बताएका हुन् ।

'मेरो चाहना ग्वार्डिओलाले स्पेनको प्रशिक्षको रुपमा आएको हेर्नेछ,' उनले भने, 'त्यो निकै उत्कृष्ट क्षण हुनेछ । यो भन्दा ठूलो कुरा के हुन सक्छ । स्पेनले ग्वार्डिओला जस्तो राम्रो प्रशिक्षक सायदै पाउँछ होला ।'

समूह बी को शीर्ष स्थानमा रहेको स्पेनले कोसोभोको सामना गर्दैछ । पछिल्लो दुई खेलमा स्पेनले एक जित र एक हार व्यहोरेको छ । स्विडेनलाई २-१ को नतिजा सुम्पिएको स्पेनले जर्जियालाई ४-० ले हराएको थियो । दोस्रो स्थानको स्वीडेन भन्दा २ खेल बढी खेलेको स्पेनले शीर्ष स्थानमा मात्र १ अंकको अग्रता लिएको छ ।