मेड्मेडेभ अन्तिम चारमा

न्युयोर्क, (खेलाडी)- दोस्रो वरियताका ड्यानियल मेड्भेडेभ युएस ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

मंगलबार भएको क्वाटरफाइनलमा मेड्भेडेभले बोटिक भान डे जान्डच्लोपलाई हराउदै अन्तिम चारको यात्रा तय गरेका हुन् । मेड्भेडेव पहिलो ग्रान्ड स्लाम जित्ने अभियानमा छन् ।

रुसी खेलाडी मेड्भेडेभले छनोट खेलाडी बोटिक भान डे जान्डच्लोपमाथि ६-३, ६-०, ४-६, ७-५ को जित हात पारेका थिए ।

मेड्भेडेभले फाइनल प्रवेशका लागि फिलिक्स अग्वेर एलासिमे र कार्लोस अल्काराजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

दुई वर्ष अघि युएस ओपनको फाइनलमा राफेल नाडालसँग निराश भएका मेड्भेडेभ यस वर्षको अस्ट्रेलियन ओपनमा नोभाक जोकोभिचसँग पराजित भएसँगै उनको पहिलो पटक ग्रान्ड स्लाम जित्ने अभियानले पूर्णता पाउन सकेको थिएन ।