Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

स्येटोलिनालाई स्तब्ध पार्दै फर्नान्डेज सेमिफाइनलमा

न्युयोर्क, (खेलाडी)- क्यानडाकी लेला फर्नान्डेजले युएस ओपनमा आफ्नो सनसनीपूर्ण यात्रा कायम राख्ने क्रममा पाँचौ वरियताकी एलिना स्येटोलिनालाई स्तब्ध पार्दै सेमिफाइनलमा स्थान पक्का गरेकी छिन् ।

मंगलबार बिहान भएको खेलमा फर्नान्डेजले स्येटोलिनालाई ६-३, ३-६, ७-६ (७/५) ले हराउदै अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

फर्नान्डेजले पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान सुरक्षित गरेकी हुन् । अन्तिम चार सम्मको यात्रा तय गर्ने क्रममा फर्नान्डेजले पछिल्लो तीन खेलमा क्रमश साविक विजेता नामोमी ओासका, सन् २०१६ की विजेता एन्जेलिक केर्बेर र ओलम्पिककी कांस्प पदक विजेता स्येटोलिनालाई स्तब्ध पारिन् ।

‘मलाई अहिले कस्तो महसुस भैरहेको छ, मलाई नै थाहा छैन । म खेल अबधीभर आत्तिएको थिए,’ फर्नान्डेजले भनिन्, ‘स्येटोलिनासँग खेल्न पाउनु नै मेरा लागि गर्वको कुरा थियो । मैले आफ्नो स्वभाविक खेलबाट उनलाई पछि पारेँ । त्यसैले नतिजा आफ्नो पक्षमा पार्न सफल भएँ ।’

प्रतिक्रिया दिनुहोस

\