Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

ग्रिजम्यानको दुई गोलमा फ्रान्स विजयी

पेरिस, (खेलाडी)- एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि फ्रान्सले गए राति पाँच खेलसम्मको विजयरहित यात्रामा पूर्णविराम लगाउँदै विश्वकप छनोटअन्तर्गतको खेलमा फिनल्यान्डमाथि २-० को जित हासिल गरेको छ । 

डिडियर डेशच्याम्पसको टोलीले पछिल्ला ६ खेलमा पहिलो पटक सुरुआति गोल गरेको थियो । ग्रिजम्यानले वायाँ खुट्टाले सनसनीपूर्ण गोल गर्दै फ्रान्सका लागि ४० गोल गर्ने चौथो खेलाडीको रुपमा नाम लेखाउँदै २५औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । करिम बेन्जिमाको पासलाई गोलमा परिणत गर्दै उनले फ्रान्सलाई अग्रता दिलाएका थिए । 

लियो डुबोइसको पासमा गोल गर्दै ५३औं मिनेटमा ग्रिजम्यानले फ्रान्सको तीन अंक पक्का गरे । 

युरोपेली छनोटको समूह ‘डी’ मा रहेको फ्रान्स १२ अंकका साथ शीर्ष स्थानमा रहँदा पाँच खेलमा पाँच अंक जोडेको युक्रेन दोस्रो स्थानमा छ । चार खेलमा समान पाँच अंक हासिल गरेको फिनल्यान्ड तेस्रो स्थानमा छ । 

समूहमा गए राति नै भएको अर्को खेलमा काजकिस्तानसँग २-२ को बराबरी नतिजा निकालेको बोस्निया एन्ड हर्जगोभिना चार खेलमा तीन अंकका साथ चौथो स्थानमा छ । पाँच खेल खेलेको काजकिस्तान तीन अंक भए पनि गोलअन्तरमा पछि परेका कारण पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस

\