Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

रेफ्रीमाथी आक्रमण गरेको भन्दै ब्राजिलियन खेलाडीलाई मुद्दा

रियो दि जेनेरियो, (खेलाडी)- ब्राजिलको स्पोर्ट क्लब साओ पाउलोका विंगर विलियम रिबेरियोमाथि रेफ्री रोडिग्रो क्रिभेल्लारोमाथि नियतवश आक्रमण गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

गत सोमबार दोस्रो डिभिजन लिग अन्तर्गत स्पोर्ट क्लब साओ पाउलो र ग्वारानीबीचको दोस्रो हाफ चलिरहँदा क्रिभेल्लारोले रिबेरियो विरुद्ध फाउल दिएका थिए । क्रिभेल्लारोमाथि आक्रामक बनेका रिबेरियोले उनीमाथि आक्रमण गरेका थिए । उनको आक्रमणबाट क्रिभेल्लारोको टाउकोमा गम्भिर चोट लागेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । सो घटनापछि खेल स्थगित भएको थियो ।

घटनाको केही दिनपछि  क्रिभेल्लारोलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो भने रिबेरियोलाई बर्खास्त गरिएको थियो ।

क्रिभेल्लारोका वकिलले सो घटना नियोजित देखिएकाले रिबेरियोमाथि मुद्दा दर्ता गरिएको बताए ।

घटनाको एकदिन पछि पुनः खेलाइएको सो खेलमा ग्वारानीले १–० ले जित्यो ।

यस्तै स्पोर्ट क्लब साओ पाउलोले सो घटनालाई क्लब इतिहासकै खराब घटनाको संज्ञा दिएको छ ।  क्लबले सो घटनाबारे थप छानबिन भैरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस

\