Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

ब्राजिलविरुद्धको खेल स्थगनपछि असन्तुस्ट मेसी 

रियो दी जेनेरियो, (खेलाडी)– ब्राजिली स्वास्थ्य अधिकारीका कारण घरेलु टोलीविरुद्धको खेल स्थगित भएपछि अर्जेन्टिनी कप्तान लियोनल मेसीले असन्तुष्टी व्यक्त गरेका छन् । 

मेसीले ब्राजिलका स्वास्थ्य अधिकारीले आफूहरुलाई खेल अगावै यसबारे चेतावनी वा जानकारी किन नदिएको भन्दै प्रश्न गरेका छन् । 

‘हामी तीन दिन अघि यहाँ आएका थियौं । किन उनीहरुले खेल सुरु हुने बेलासम्म पर्खिरहे ? किन खेल अगावै वा होटलमा रहदै चेतावनी दिएनन्,’ मेसीले प्रश्न गरे, ‘उनीहरुले पहिले नै यसबारे बताउन सक्थे । त्यसो गरेको भए यसलाई क्रमैसँग मिलाउन सकिन्थ्यो । तर अहिले यो पूरा विश्वले हेरिरहेको छ ।’ 

विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल सोमबार बिहान हुने तालिका थियो । तर अर्जेन्टिनाले गलत रुपले कानुनी कागजपत्र बनाएको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरु सुरु भएको केही छिनमै खेल रोक्न मैदान प्रवेश गरेका थिए । 

ब्राजिलको स्वास्थ्य मापदण्ड अनुसार बेलायतबाट आउने व्यक्तिले अनिवार्य १४ दिनको क्वारेन्टिन बस्नुपर्छ । तर, प्रिमियर लिग खेल्ने अर्जेन्टिनाका ४ खेलाडी इमिलियानो मार्टिनेज, इमिलियानो बुन्डिया, क्रिस्टियन मार्टिनेज र जियोभानी लो सेल्सोले ब्राजिलको स्वास्थ्य मापदण्ड पालना नगरेको त्यहाँका स्वास्थ्य अधिकारीहरुको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस

\