Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

ट्वान्टी २० विश्वकपको लागी पाकिस्तानी टोलीको घोषणा

लाहोर, (खेलाडी)- संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने ट्वान्टी २० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टोली धोषणा गरेको छ । 

पाकिस्तानकोे टोलीमा आशिफ अली र खुसदिल साहले पुनरागमन गरेका छन् । आशिफ पछिल्लो पटक पाकिस्तानले जिम्बाब्वेविरुद्ध खेल्दा टोलीमा थिए । त्यस्तै खुसदिल पछिल्लो पटक फेब्रुअरीमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीमा थिए । 

उपकप्तानको जिम्मेवारी सदाब खानले पाउँदा आशिफ र खुसदिलसँगै आजम खान, हरिस रौफ, हसन अलि, इमाद वसिम, मोहमद हाफिज, मोहमद हुसैन, मोहमद नवाज, मोहमद रिजवान, मोहम्मद वासिम, साहिन अफ्रिदी र सोहेब मक्सुद छन् । 

पाकिस्तानले बैकल्पिक खेलाडीको रुपमा फकर जमान, सहनवाज दहानी र उस्मान कादिर गरि तीन खेलाडीलाई टोलीमा राखेको छ । 

१७ अक्टोबरदेखि सुरु हुने विश्वकपमा पाकिस्तानले भारतविरुद्ध २४ अक्टोबरमा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

प्रतिक्रिया दिनुहोस

\