लामाे अपराजित यात्रामा इटालीको नयाँ कीर्तिमान

जुरिच, (खेलाडी)- इटालीले ३६ खेलसम्म अपराजित रहँदै ब्राजिल र स्पेनको नाममा रहेको कीर्तिमानलाई उछिनेको छ ।

विश्वकप छनोट २०२२ अन्तर्गत आइतबार इटाली स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिए पनि समूह ‘सी’मा टोलीले आफ्नो शीर्षता कायम राखेको छ । रोबर्टो मार्टिनेजको टोली ११ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको स्विट्जरल्यान्ड भन्दा ४ अंक बढी हो । यद्धपी इटालीले २ खेल बढी खेलेको छ ।

५३औं मिनेटमा जर्जिन्होले पेनाल्टीको अवसर गमुाएपछि इटाली अग्रता लिनबाट चुकेको थियो । उनको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले बचाएका थिए ।

विश्वकप छनोटमा इटालीको यो लगातार दोस्रो बराबरी हो । तर बराबरीका बावजुद अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३६ खेलसम्म अपराजित रहेर ब्राजिल र स्पेनले यसअघि बनाएको कीर्तिमानमा सुधार गर्न भने इटाली सफल भयो । 

ब्राजिलले सन् १९९३ देखी १९९६ सम्म ३५ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । यसैगरी स्पेनले २००७ देखी २००९ सम्म ३५ खेलमा अपराजित यात्रा कायम राखेको थियो ।