सलाहा सर्वोउत्कृष्टः सटन


लन्डन, (खेलाडी)- ब्ल्याकबर्न रोभर्सका पुर्व स्ट्राइकर क्रिस सटनले लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहालाई ‘विश्वको सर्वश्रेष्ठ’ खेलाडी को संज्ञा दिएका छन् । 

सटनले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र  अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसी भन्दा सलाहा उत्कृष्ट खेलाडी रहेको बताए ।

सलाहाले यस सिजन नोै खेलमा नौ गोल गरिसकेका छन् । चेल्सीका पुर्व स्ट्राइकर  सलाहाले प्रिमियर लिगको पछिल्लो तीन सिजनमा २१ को औसतमा गोल गरेका छन् ।

'अहिलेको अवस्थामा सलाहा मेसी र रोनाल्डोभन्दा उत्कृष्ट छन् । पछिल्लो केहि सिजन सलाहाको औसत गोल निकै राम्रो छ,’ सटन भन्छन्, ‘पछिल्ला सिजनहरु र यस सिजनमा सलाहा जुन लयमा छन्,त्यसले पनि उनको उत्कृष्टता पुष्टी गर्छ ।

त्यस्तै इङ्ल्यान्डका पुर्व स्ट्राइकर एलन सियररले प्रिमियर लिगमा आइतबार सलाहाले म्यानचेस्टर सिटीविरुद्ध गरेको गोल प्रिमियर लिगको अहिलेसम्मकै उत्कृष्ट गोल मध्येको एक भएको बताएका थिए ।

घरेलु मैदान एन्फिल्डमा सम्पन्न उक्त खेलमा  लिभरपुलले सिटीसँग २-२ को बराबरीमा रोकिएसँगै प्रिमियर लिगको शीर्ष स्थानमा पुनरामगन गर्ने अवसर गुमाएको थियो ।