Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

विश्व नम्बर एक बार्टी पराजित

न्युयोर्क, (खेलाडी)- विश्व नम्बर एक एस्लेघ बार्टी युएस ओपनको तेस्रो चरणबाट बाहिरिएकी छिन् । 

प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बार्टी ४३औं वरियताकी अमेरिकी खेलाडी स्लेबाई रोजर्ससँग पराजित भइन् । 

प्रतिस्पर्धात्मक खेलमा विम्बल्डन च्याम्पियन बार्टी रोजर्ससँग ६-२, १-७, ७-६ (७/५) को सेटमा पराजित भएकी थिइन् । रोजर्सले अर्को चरणमा बेलायती किशोरी एम्मा रेडुकानुसँग प्रतिस्पर्धा गर्नेछिन् । 

घरेलु समर्थकको पूर्ण समर्थन पाएकी रोजर्सले बार्टीविरुद्धका ६ खेलमा पहिलो जित हासिल गरेकी हुन् । 

बार्टी हालसम्म युएस ओपनको चौथो चरणमा पुग्न सकेकी छैनन् । 

प्रतिक्रिया दिनुहोस

\