नरेन्द्र दाइ, साँच्चै टिकट मूल्य महँगो हो त ?

नेपाली फुटबलमा नरेन्द्र श्रेष्ठलाई एउटा भलादमी व्यक्तित्वका रूपमा सम्मान गरिन्छ । कसैलाई भनि नबिझाउने बानीले मात्र श्रेष्ठ सम्मानित व्यक्तित्वको छवि बनाउन सफल भएका होइनन् । नेपाली फुटबलको विकासका लागि उनले झन्डै पाँच दशकसम्म पुर्‍याएको योगदान पनि सबैको सबैको मस्तिष्कमा ताजै छ । 

खेलाडी जीवनको कुरा बिर्सने हो भने दशरथ रंगशालाको मूलद्वारमै रहेको एनआरटी क्लबको विभिन्न पदमा रहँदै अध्यक्ष भएर उनले नेपाली फुटबलमा पुर्‍याएको योगदान कसैले बिर्सिएको छैन । अझ नेपाली फुटबलको सर्वोच्च निकाय सबैभन्दा जटिल संक्रमणकालबाट गुज्रिँदा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष भएर श्रेष्ठले निर्वाह गरेको भूमिका सबैलाई जानकारीमा छ । त्यसैले नेपाली फुटबलमा उनी सबैले सम्मानसाथ उनलाई पुकार्ने नाम हो, नरेन्द्र दाई ।

श्रेष्ठमा भएको त्यही गुणले नेपाली फुटबललाई आपसी द्वन्द्वबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगाएको थियो । उनले व्यक्तिगत र गुटगत स्वार्थ थाँती राख्दै फुटबलको पक्षमा निर्णय गरेको कारण तीन वर्षअघि एन्फाको निर्वाचन सम्भव भएको थियो । 

एन्फा आन्तरिक राजनीतिको दलदलमा फसेको धेरै भइसकेको थियो । पूर्वअध्यक्ष गणेश थापा फिफाको प्रतिबन्धमा रहँदा कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको पनि एउटा अनपेक्षित दुर्घटनामा मृत्यु भयो । नेपाली फुटबल जोगाउनकै लागि पनि त्यो बेला एन्फालाई एउटा भलादमी र परिपक्व नेतृत्व आवश्यक थियो । जुन गुण श्रेष्ठमा थियो । 

श्रेष्ठमा भएको त्यही गुणले नेपाली फुटबललाई आपसी द्वन्द्वबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगाएको थियो । उनले व्यक्तिगत र गुटगत स्वार्थ थाँती राख्दै फुटबलको पक्षमा निर्णय गरेको कारण तीन वर्षअघि एन्फाको निर्वाचन सम्भव भएको थियो । 

हो, अनेकन् कानुनी र राजनीतिक उल्झन पन्छाउँदै कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएको चुनाव गराउने अध्यक्ष उनै श्रेष्ठ थिए । श्रेष्ठले त्यतिबेला खुट्टा कमाएको भए निर्वाचन समयमा हुन सक्दैनथ्यो । समयमा निर्वाचन नभएको भए एन्फा नेतृत्वमा शेर्पा र उनको टिम नआउन सक्थ्यो वा फिफाबाट नेपाली फुटबल निलम्बनमा पर्न सक्थ्यो । नभए पनि कुनै न कुनै दुर्घटना हुन सक्थ्यो । 

शेर्पा नेतृत्वको एन्फाले आफ्ना निवर्तमान अध्यक्षलाई निम्त्याउने आवश्यकतासम्म ठानेन । जवकि कुनै पनि संस्थामा निवर्तमान र पूर्वअध्यक्षहरूको उपस्थिति भनेको त्यो संस्थाको इतिहास, त्यसको संस्कार र सर्वस्वीकार्यता हो ।

तर, श्रेष्ठले व्यक्तिगत र गुटगत स्वार्थ बिर्सिए । नेपाली फुटबलको सच्चा सिपाहीका रूपमा आफ्नो जिम्मेवारी पूरा इमान्दारीसाथ निर्वाह गरे । लोकले बिर्सन नसकेका यी कुरा वर्तमान नेतृत्वले सम्झन आवश्यक ठानेन, खोला तरेपछि लौरो बिर्सिएजस्तै ।

खोला तरेपछि लौरो बिर्सिएजस्तै किन भनेको भने बिहीबार नेपाल र भारतबीच दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा शेर्पा नेतृत्वको एन्फाले आफ्ना निवर्तमान अध्यक्षलाई निम्त्याउने आवश्यकतासम्म ठानेन । जवकि कुनै पनि संस्थामा निवर्तमान र पूर्वअध्यक्षहरूको उपस्थिति भनेको त्यो संस्थाको इतिहास, त्यसको संस्कार र सर्वस्वीकार्यता हो ।

एन्फाको वर्तमान नेतृत्वलाई यति थाहा नभएको पक्कै होइन । तर, नेतृत्वले त्यो सैद्धान्तिक ज्ञान प्रयोगको आवश्यकता ठानेन । व्यवहारमा श्रेष्ठलाई बोलाउने कुरा नेतृत्वलाई ‘झन्झट’ लाग्यो । निवर्तमान अध्यक्षलाई बोलाएपछि दिनुपर्ने सम्मानका कारण आफ्नो मान घट्ने भ्रम भयो । अथवा वर्तमान नेतृत्वमा श्रेष्ठको जस्तो मैदानभित्रको फुटबलमा ‘प्यासन’ नभएको पनि हुनसक्छ ।

त्यसैले होला श्रेष्ठले फेसबुकमा दुईवटा भावुक पोस्ट लेखेर आफूलाई नबोलाइएकामा गुनासो पोखे । फुटबलका सरोकारवालाले श्रेष्ठको भावनामा ऐक्यबद्धता जनाउँदै वर्तमान नेतृत्वप्रति आलोचना गरे । 

एन्फाले आफूलाई सुसंस्कृत संस्था भएको दाबी गर्ने हो भने एन्फा नेतृत्वले आफूमा संस्थागत संस्कार भएको ठान्ने हो भने भारतजस्तो चिरप्रतिद्वन्द्वीविरुद्ध घरेलु मैदानमा हुने प्रतियोगितामा निवर्तमान अध्यक्षमात्र होइन, सबै पूर्वअध्यक्ष तथा पदाधिकारीहरूलाई ससम्मान निम्त्याउनुपर्ने थियो । 

तर, नेपाली फुटबलको संस्कारको यहाँ चर्चा गर्न खोजिएको होइन । एन्फाको आसन्न चुनाव, फुटबल राजनीति र पक्ष-विपक्षका अनेकन तर्क-वितर्क पनि यहाँको विषय होइन । किनकि एन्फामा संस्कार छैन भन्ने कुरा श्रेष्ठ र उनीजस्ता धेरै पूर्वपदाधिकारी र खेलाडीको अनुपस्थितिले प्रमाणित भइसकेको छ । त्यसैले यसमा थप चर्चा आवश्यक छैन । 

यहाँ चर्चा गर्न खोजिएको विषय भनेको नेपाली फुटबल इतिहासकै सबैभन्दा सुसंस्कृत र भलादमीमध्येका एक नेता श्रेष्ठको स्टाटसको हो । उनले आफ्नो लामो स्टाटसमा धेरै कुरा लेखेका छन् । तर त्यसमा एउटा कुराले ध्यान तान्यो । 

स्टाटसका अन्य कुरामा भन्नु केही छैन । तर एन्फाको अध्यक्ष भइसकेको व्यक्तिले लेखेको एउटा वाक्यले भने झस्कायो । त्यसबाट श्रेष्ठको जवाफदेहितामाथि प्रश्न गर्न मन लाग्यो । यति भलादमी र सुसंस्कृत मान्छेले कसरी यस्तो लेख्न सक्छ भन्ने लाग्यो ।

धेरैलाई भावनात्मक लागेको कुरामा सहमति जनाउन मनले मानेन । ‘आज नेपाल र भारतको राष्ट्रिय फुटबल टिमहरूको आफ्नै गृहको दशरथ रंगशालामा फ्रेन्ड्ली म्याच हुँदै छ । हेर्नुपर्ने त हो, टिकट महँगो छ । किन्ने हैसियत छैन । कसैले निम्तो (पास) दिने कुरा पनि गरेको छैन । के गर्ने, कसलाई भन्ने ?? ठिकै छ, हिमालय टिभी जिन्दावाद । नेपाल टिमलाई विजयको शुभकामना छ,’ श्रेष्ठले खेल सुरु हुनुअघि यस्तो स्टाटसमा लेखेका छन् । 

स्टाटसका अन्य कुरामा भन्नु केही छैन । तर एन्फाको अध्यक्ष भइसकेको व्यक्तिले लेखेको एउटा वाक्यले भने झस्कायो । त्यसबाट श्रेष्ठको जवाफदेहितामाथि प्रश्न गर्न मन लाग्यो । यति भलादमी र सुसंस्कृत मान्छेले कसरी यस्तो लेख्न सक्छ भन्ने लाग्यो । 

श्रेष्ठले लेखेको ‘टिकट महँगो छ । किन्ने हैसियत छैन ।’ भन्ने कुरासँग सहमति जनाउने ठाउँ भेटिएन । एन्फा अध्यक्ष भइसकेको मान्छेले यसो लेख्न सुहाउँथ्यो कि सुहाउँदैन भन्ने प्रश्नले सताइरह्यो । 

पक्कै पनि श्रेष्ठलाई ससम्मान रंगशालामा निम्त्याइनुपथ्र्यो । यसमा कुनै दुविधा छैन । तर, एन्फाको निवर्तमान अध्यक्षले ‘टिकट किन्ने हैसियत छैन’ भन्न सुहाउला त ? यो एउटा सस्तो स्टन्ट भएन र ? एन्फाका आदरणीय निवर्तमान अध्यक्षलाई यो एउटा सामान्य प्रश्नमात्र हो ।

जवाफदेही कुरा गर्ने हो भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सदस्य वा अन्य कुनै पदमा रहेर एन्फाको नेतृत्व गरिसकेको व्यक्तिले चाहिँ किन्न सक्नैपर्छ । किनकि टिकटदर तोक्नेमात्र नभई नेपाली फुटबलसँग सम्बन्धित सबैखाले नीतिगत निर्णय गर्ने उनीहरूले नै हो । टिकटका लागि आफैले किन्न नसक्ने मूल्य तोक्ने कुरामा कतै न कतै उनीहरूको पनि भूमिका रहने गरेको छ । 

एन्फाको अध्यक्ष भइसके पनि, फुटबलप्रति अत्यन्तै लगाव भए पनि, एउटा व्यक्तिको आर्थिक हैसियतले १ हजार र २ हजार रुपैयाँको टिकट किनेर एउटा खेल हेर्ने अवस्था नहुन सक्छ । यसमा विमति राख्न आवश्यक छैन । 

तर, जवाफदेही कुरा गर्ने हो भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सदस्य वा अन्य कुनै पदमा रहेर एन्फाको नेतृत्व गरिसकेको व्यक्तिले चाहिँ किन्न सक्नैपर्छ । किनकि टिकटदर तोक्नेमात्र नभई नेपाली फुटबलसँग सम्बन्धित सबैखाले नीतिगत निर्णय गर्ने उनीहरूले नै हो । टिकटका लागि आफैले किन्न नसक्ने मूल्य तोक्ने कुरामा कतै न कतै उनीहरूको पनि भूमिका रहने गरेको छ । 

हो, आज श्रेष्ठ निवर्तमान अध्यक्षमात्र हुन् । एन्फामा उनको कुनै भूमिका छैन । निवर्तमान अध्यक्षका रूपमा पाउनैपर्ने भूमिका र सम्मानबाट पनि उनलाई वञ्चित गरिएको छ । तर उनी अध्यक्ष, उपाध्यक्ष वा अन्य पदमा रहँदा पनि अन्तर्राष्ट्रिय खेलका टिकटको मूल्य सस्तो थिएन । एन्फाको निवर्तमान अध्यक्षको हैसियतले पनि नभ्याउने मूल्यमा टिकट किनेर फुटबल हेर्न आऊ भनेर दसौं हजार दर्शकलाई भन्नु बेइमानी होइन र ? यदि यो बेइमानी हो भने हिजो श्रेष्ठ एन्फामा हुँदा गरेका पनि बेइमानी नै हो नि ।

त्यो बेला आफूले तोकेको मूल्य ठिक हुने, अहिले अरूले मूल्य तोक्दा हैसियत छैन भन्ने कुरा कम्तीमा निवर्तमान अध्यक्ष, त्यसमाथि पनि 'नरेन्द्र दाइ'जस्ता भलादमी र सुसंस्कृत फुटबल सिपाहीलाई सुहाउँदैन ।