इङ्ल्यान्डका बलरमाथि भारतीय ब्याट्सम्यानको दबाब

लन्डन, (खेलाडी)- रोहित शर्माको शतकप्रेरित भारतले चौथो टेस्टमा इङ्ल्यान्डका बलरमाथि दबाब बनाएको छ ।

चौथो दिनको खेल समाप्तीमा भारत २७०-३ मा खेलिरहेको छ । भारतले दोस्रो इनिङमा १ सय ७१ रनको अग्रता लिएको छ । कप्तान विराट कोहली अविजित २२ र रविन्द्र जडेजाले अविजित ९ रनमा खेलिरहेका छन् । 

पहिलो विकेटका लागि ओपनर केएल राहुलसँग ८३ रनको साझेदारी गरेका रोहितले दोस्रो विकेटका लागि १ सय ५३ रनको साझेदारी गरेका थिए । १ सय २७ रनको योगदान गरेका रोहितले २ सय ५६ बलमा १४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै पुजाराले ६१ र राहुलले ४६ रनको योगदान गरे । पुजाराले १ सय २७ बलमा ९ चौका प्रहार गर्दा राहुलले १ सय १ बलमा ६ चौका र १ छक्का प्रहार गरे । 

खराब प्रकाशका कारण खेल निर्धारित १३ ओभर भन्दा अघि सकिएको थियो ।

यसअघि भारत पहिलो इनिङमा १ सय ९१ रनमा अलआउट भएको थियोे भने इङ्ल्यान्डले २ सय ९० रन जोडेको थियो ।

पाँच टेस्ट शृखला अन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्ट भारतले १ सय ५१ रनले जित्दा तेस्रो टेस्टमा एक इनिङ र ७१ रनको जितका साथ घरेलु टोली शृंखलामा फर्किएको थियो ।