Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

विश्व च्याम्पियन फ्रान्सको लगातार पाँचौं बराबरी

किभ, (खेलाडी)- एन्थोनी मार्सियलले फ्रान्सका लागि दोस्रो अन्तर्राष्ट्रिय गोल गरेपछि विश्वकप छनोटमा विश्व च्याम्पियन टोली युक्रेनसँग १-१ को बराबरी नतिजा निकाल्न सफल भएको छ । 

मिकोला सापरेन्कोले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मार्सियलले ५०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई बराबरीका साथ एक अंक दिलाए । 

बैकल्पिक खेलाडी मौसा डियाबीको एउटा खतरनाक प्रहार पोस्टमा लाग्दा विश्पकप २०१८ को च्याम्पियन टोली जित हासिल गर्नबाट चुक्यो । डिडियर डेशच्याम्पसको टोलीले सबैखाले प्रतियोगितामा गरी निकालेको यो लगातार पाँचौं बराबरी हो । 

बराबरीका बावजुद फ्रान्स समूह ‘डी’को शीर्ष स्थानमा कायम छ । पाँच खेलमा फ्रान्सले ९ अंक जोड्दा समान खेलमा पाँच अंकमा सिमित युक्रेन भने तेस्रो स्थानमा छ । चार खेलमा फिनल्यान्ड पाँच अंकका साथ गोलअन्तरमा युक्रेनलाई पछि पार्दै दोस्रो स्थानमा रहँदा समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौं स्थानमा छन् ।

विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह ‘डी’मा गए राति नै यसअघि सम्पन्न खेलमा फिनल्यान्डले काजकिस्तानमाथि १-० को जित हासिल गरेको थियो । फिनल्यान्डको जितमा जोइल पोजान्पालोले ६०औं मिनेटमा गरेको एउटै गोल पर्याप्त भयो । 

प्रतिक्रिया दिनुहोस

\