Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

बेलायती किशोरी राडुकानु चौथो चरणमा

न्युयोर्क, (खेलाडी)- बेलायतकी इम्मा राडुकानुले सारा सोर्रीबेस टोर्मोलाई सोझो सेटमा हराउदै युएस ओपनको चौथो चरणमा एस्लेघ बार्टीसँगको सम्भावित अन्तिम १६ भेट पक्का गरेकी छिन् ।

१८ वर्षिया राडुकानुले सोर्री टोर्मोलाई ६-०, ६-१ को नतिजामा हराउँदै चौथो चरणमा स्थान बनाएकी हुन् । बार्टीले सेल्बी रोजर्समाथि जित हात पारेमा अन्तिम १६ मा बार्टी र रोडुकानुको भेट हुनेछ ।

‘मेरो खेल दिनप्रति दिन सुधारीँदै गइरहेको छ,’ उनले भनिन, ‘सारा निकै कठिन प्रतिस्पर्धी हुन् र उनलाई पराजित गर्न सजिलो थिएन । मैले राम्रो खेलेँ ।’

वाइल्ड कार्डमार्फत विम्बल्डनमा प्रवेश पाउदै अन्तिम १६ सम्मको यात्रा तय गरेपछि राडुकानुको चर्चा चुलिएको छ । ‘म निकै खुशी छु । मैले मेरो उत्कृष्ट लयलाई निरन्तरता दिनु आवश्यक छ,’ उनले थपिन ।

त्यस्तै बियान्सा आन्द्रेस्क्युले क्यानडाकी ग्रिट मिनेनलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा स्थान बनाइन् । आन्द्रेस्क्युले चौथो चरणमा मारिया साकिरीको सामना गर्नेछिन् । साकिरीले ग्रिसकी पेट्रा भिट्कोभालाई ६-२, ६-३ को सोझो सेटमा हराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

\