Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

ओसाका फेरी टेनिसबाट टाढिँदै

न्युयोर्क, (खेलाडी)- युएस ओपनको उपाधि रक्षा अभियानमा तेस्रो चरणमा आएर पूर्णविराम लागेसँगै जापानकी नाओमी ओसाकाले केही समय टेनिस खेलबाट टाढा रहने बताएकी छिन् ।

विश्व नम्बर तीन ओसाकाको उपाधि रक्षा गर्ने लक्ष्य १८ वर्षिया लेला फर्नान्डेजसँग ५-७, ७-६ (७-२), ६-४ ले पराजित भएसँगै टुंगियो ।

मानसिक स्वास्थसँग जुध्दै गरेको भन्दै ओसाकाले यस वर्षको फेन्च ओपन टेनिस बीचमै छोडेकी थिइन् । विम्बल्डन समेत गुमाएकी ओसाका घरेलु मैदानमा भएको टोकियो आलम्पिक २०२० बाट पुनः टेनिसमा फर्किएकी थिइन ।

‘मैले पुनः एक पटक टेनिसबाट केही समय विश्राम लिने निर्णय लिएको छु,’ ओासकाले भनिन्, ‘मलाई थाहा छैन, म फेरी कुन प्रतियोगितामार्फत टेनिसमा फर्कन्छु । म मनैबाट खुशी छैन । मलाई पुनः पहिलाजस्तै समस्यासँग जुध्न पर्ने हो की भन्ने डर लागिरेको छ । म सामान्य अवस्थामा छैन ।’

प्रतिक्रिया दिनुहोस

\