Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
सार्दुल ठाकुरको बलमा आउट भएपछि इङ्ल्यान्डका ओली पोप पवेलियन फर्किदैँ । तस्बिर : आइसिसी
Image
Image
Image
- खेलाडी

पहिलो इनिङमा इङ्ल्यान्ड ९९ रनले अगाडि

लन्डन, (खेलाडी)- ओली पोप र क्रिस ओक्सले अर्धसतकीय प्रदर्शन गरेपछि इङ्ल्यान्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा २ सय ९० रनको योगफल तयार गरेको छ । 

भारतलाई पहिलो इनिङमा १ सय ९१ रनमा रोकेको टोलीले दोस्रो दिन शुक्रबार राति २ सय ९० रन बनाउँदा सबै विकेट गुमायो । ५३-३ बाट दोस्रो दिनको खेल सुरु गरेको घरेलु टोलीले पहिलो इनिङमा ९९ रनको अग्रता लिएको थियो । 

इङ्ल्यान्डका लागि पोपले १ सय ५९ बल सामना गर्दै ६ चौकासहित ८१ रनको योगदान गर्दा ओक्सले ६० बलमा ११ चौकासहित ५० रन बनाए । 

यसैगरी विकेटकिपर ब्याट्सम्यान जोनी बेयरिस्टोले ३७ तथा मोइन अलीले ३५ रनको योगदान गरे ।

भारतका उमेश यादवले तीन विकेट लिँदा जसप्रित बुमरा र रविन्द्र जडेजाले दुई/दुई तथा सार्दुल ठाकुर र मोहम्मद सिराजले एक/एक विकेट लिए । 

भारतले दोस्रो इनिङ्को सुरुआतमा ४३ रन जोड्दासम्म कुनै विकेट गुमाएको छैन । दोस्रो दिनको खेल सकिँदासम्म भ्रमणकारी टोलीका लागि रोहित शर्माले २० तथा केएल राहुलले २२ रन जोडेका छन् ।

पाँच टेस्टको शृंखलामा दुवै टोलीले एक/एक खेल जितेका छन् । इङ्ल्यान्डले गत सप्ताहन्तमा भारतलाई चौथो दिनमै पराजित गर्ने क्रममा एक इनिङ र ७६ रनले हराएर शृंखला १-१ को बराबरीमा ल्याएको थियो । 

प्रतिक्रिया दिनुहोस

\