पौडी टोली सोमबार जापान जाने

काठमाडौं, (खेलाडी)- टोकियो ओलम्पिकको तयारीका लागि जापानको तोकुशिमा जान लागेका नेपाली पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्कीलाई नेपाल ओलम्पिक कमिटीले आइतबार विदाई गरेको छ ।

सोमबार जापान जाने तयारीमा रहेका शाह र कार्कीसँगै गौरिका शाहले पनि ओलम्पिकको पोखरीमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । हाल इङ्ल्यान्डमा मातापितासँग रहेर तयारी गरिरहेकी गौरिका उतैबाट जापान जाने ओलम्पिक कमिटीले जनाएको छ । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सहभागि खेलाडीहरुलाई विदाई गर्दै अनुशासित भएर प्रस्तुत हुन निर्देशन दिए ।