हामी जितको हकदार थिएनौः अर्टेटा

लन्डन,(खेलाडी)-  इङलिस प्रिमियर लिगमा शनिबार ब्राइटनसग गोलरहित बरारीमा रोकिएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोली जितको हकदार नभएको प्रतिक्रिया दिएका छन् ।

ब्राइटनसँग अंक बाँडेपछि आर्सनलको जित यात्रामा पनि पूर्णविराम लागेको छ । आर्सनले पछिल्लो चार खेलमा लगातार जित हात पारेको थियो । अर्टेटाले आर्सनलले आफ्नो खेल सुधार गर्नुपर्ने बताए ।

'हामीले राम्रो खेल्नै सकेनौ,' अर्टेटाले भने, 'टोलीले लिएको रणनिती सही भएन । खेलाडी दुबिधामा देखिँदा टोलीले पाएका अवसरलाई सहजै जाली चुमाउन सकेन । आजको प्रदर्शनका आधारमा हामी जितको हकदार टोली थिएनौ । हामीले आफ्नो खेल स्तार सुधार गर्नुपर्छ ।'

'हामीले पछिल्लो पाँच खेलमा मात्र एक गोल खाएका छौ , यो सकारात्मक पक्ष हो', उनले थपे ।

सात खेलमा १० अंक जोड्दै आर्सनल नवौं स्थानमा छ भने ब्राइटन १४ अंकका बटुल्दै पाँचौ स्थानमा छ ।

प्रिमियर लिगमा अन्तर्गत शनिबार राती भएको अर्को खेलमा उल्भरहमटनले न्युक्यासल युनाइटेडलाई २-१ र लिड्सले वाट्फोर्डलाई १-० ले हरायो ।