Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

जर्मन प्रशिक्षकका रुपमा फ्लिकको विजयी सुरुआत

बर्लिन, (खेलाडी)- हान्स फ्लिकले जर्मनीको मुख्य प्रशिक्षकका रुपमा सुखद सुरुआत गर्ने क्रममा गए राति उनको टोलीले कतार विश्वकप २०२० को छनोटअन्तर्गतको खेलमा लिचेस्टाइनमाथि सहज जित हासिल गरेको छ । 

फ्लिकले युरोपियन च्याम्पियनसिप २०२० पछि विश्वकप विजेता प्रशिक्षक जोचिम लोउलाई स्थानान्तरण गर्दै जर्मन टोलीको नेतृत्व सम्हालेका थिए ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत समूह ‘जे’को खेलमा जर्मनीले लिचेस्टाइनलाई २-० ले हराएको हो । ४१औं मिनेटमा टिमो वेर्नेरको गोलमा अग्रता लिएको टोलीका लागि समय सकिन १३ मिनेट बाँकी रहँदा लेरोई सानेले दोस्रो गोल गरेका थिए ।

चार खेलमा नौं अंक जोडेको जर्मनी समूहको दोस्रो स्थानमा छ । शीर्ष स्थानको अर्मेनियाको खातामा १० अंक छ । नर्दन मेसेडोनिया, रोमानिया र आइसल्यान्ड क्रमशः ७, ६ र ३ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । छैटौं स्थानको लिचेस्टाइनले अंक खाता खोल्न सकेको छैन ।

सोही समूहमा गए राति नै भएका अन्य खेलमा रोमानियाले आइसल्यान्डलाई २-० ले हराउदा नर्दन मेसेडोनिया र अर्मेनियाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस

\