Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

बुल्गेरियासँग बराबरीमा रोकिए पनि अपराजित रहनेमा इटालीको कीर्तिमान

रोम, (खेलाडी)- बुल्गेरियासँग १-१ को निराशाजनक बराबरीमा सिमित भए पनि इटालीले आफ्नो अपराजित यात्रा कीर्तिमानी ३५ खेलसम्म लम्ब्याएको छ । 

पछिल्लो पटक २०१८ को सेप्टेम्बरमा पराजय भोगेको इटालीले सर्वाधिक खेलसम्म अपराजित रहने युरोपेली कीर्तिमानमा स्पेनसँग बराबरी गरेको छ । 

कतार विश्वकप २०२२ को छनोटअन्तर्गत समूह ‘सी’को यो खेल युरो २०२० को फाइनलमा इङ्ल्यान्डमाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेपछि इटालीको यो पहिलो अवे खेल थियो । 

रोबर्टो मान्चिनीको टोलीलाई फेडेरिको किइसाले १६औं मिनेटमा अग्रता दिलाएका थिए । तर एनानस लिइभले पहिलो हाफमै खेल बराबरीमा ल्याए । किरिल डेस्पोडोभको पासलाई गोलमा परिणत गर्दै लिइभले मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा बुल्गेरियालाई खेलमा फर्काएका थिए । 

गए रातिको नतिजापछि चार खेलमा १० अंक जोडेको इटाली समूहको शीर्ष स्थानमा कायम रहँदा दुई खेलमा ६ अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो तथा तीन खेलमा चार अंकका साथ नर्दन आयरल्यान्ड तेस्रो स्थानमा छन् । चार खेलमा दुई अंक जोडेको बुल्गेरिया चौथो स्थानमा रहँदा समूहको अर्को टोली लिथुवानियाले अंकको खाता खोल्न सकेको छैन ।

लिथुवानिया गएराति समूहअन्तर्गत भएको अर्को खेलमा नर्दन आयरल्यान्डसँग ४-१ को नतिजामा पराजित भएको थियो । 

प्रतिक्रिया दिनुहोस

\