Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

हंगेरीमाथि इङ्ल्यान्ड फराकिलो जित

बुदापेस्ट, (खेलाडी)- इङ्ल्यान्डले विश्वकप २०२२ को छनोट चरणमा शतप्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा गए राति हंगेरीमाथि प्रभावशाली जित निकालेको छ ।

कतार विश्वकप २०२२ को युरोपियन छनोट अन्तर्गत बिहीबार राती भएको समूह ‘आइ’को खेलमा इङ्ल्यान्डले ४-० को फराकिलो जित हासिल गरेको थियो ।

जितपछि चार खेलमा चार जित हात पारेको गारेथ साउथगेटको टोली १२ अंकका साथ समूहको शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको पोल्यान्ड र तेस्रो स्थानको हंगेरी भन्दा ५ अंक बढी हो । ६ अंकका साथ अल्बानिया चौथो तथा एन्डोराना ३ अंकका साथ पाँचौं स्थानमा छ । सान मारिनोले भने अंकको खाता खोल्न सकेको छैन ।

५५औं मिनेटमा रहिम स्टर्लिङले गरेको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । ६३औं मिनेटमा कप्तान ह्यारी केनले इङल्यान्डको अग्रता दोब्बर पारेका थिए । त्यसको ६ मिनेटपछि ह्यारी मागुइरले पहुना टोलीको अग्रता बढाए । खेल सकिन ३ मिनेट बाँकी रहँदा डेक्लन राइसले चौथो गोल गर्दै इङ्ल्यान्डको फराकिलो जित पक्का गरेका थिए ।

इङ्ल्यान्डले छनोटको आगामी खेलका लागि आइतबार एन्डोरालाई वेम्बलीमा निम्त्याउनेछ । 

समूहका अन्य खेलमा गए राति पोल्यान्डले अल्बानियालाई ४-१ ले हराउदा एन्डोराले सान मारिनोलाई २-० को नतिजामा निराश पार्‍यो ।

प्रतिक्रिया दिनुहोस

\