दिल्ली दोस्रो स्थानमा 

दुबाई, (खेलाडी)-  मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ प्रवेश सम्भावना बलियो पारेको छ । 

शनिबार भएको खेलमा मुल्बईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य दिल्लीले पाँच बल अगावै ६ विकेट क्षतीमा पूरा गरेको थियो ।

१२ खेलमा १८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ भने मुम्बई १० अंकका साथ छैटौं स्थानमा छ ।

दिल्लीका लागि श्रेयस एैयरले ३९,ऋषभ् पन्तले २९ र रविचन्द्रन अश्विनले अविजित २० रन जोडे ।

मुम्बईका आभेस खान र अक्सर पटेलले समान तीन विकेट लिए । 

यसअघि टस ब्याटिङ गरेको मुम्बईले निर्धरित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २९ रनको योगफल तयार पारेको थियो