न्यु डायमण्डलाई उपाधि 

काठमाडौं, (खेलाडी)- न्यु डायमण्ड स्पोर्ट्स क्लबले साविक विजेता एपिएफलाई ३-२ को सेटमा हराउँदै  राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा खेलमा डायमण्डले पहिलो सेट २४-२६ ले गुमाए पनि दोस्रो सेटमा २५-२१ ले पुनरागमन गर्दै आफ्नो बनायो । 

प्रतिस्पर्धात्मक बनेको खेलको तेस्रो सेटमा भने आत्मविश्वास गुमाएको एपिएफमाथी डायमण्ड हाबी बनेपछी २५-१७ ले आफ्नो पक्षमा पार्यो । 

चौथों सेटको सुरुबाटै अग्रता लिएको न्यु डायमण्डले २५-१५ ले जित्दै उपाधी उचाल्यो । 

गत संस्करणको फाइनलमा न्यु डायमण्ढ एपिएफसँग निराश भएको थियो ।