Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

कोहली र ठाकुरको अर्धसतक

लन्डन, (खेलाडी)- भारतले इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा औसत सुरुआत गर्ने क्रममा बिहीबार पहिलो दिन पहिलो इनिङमा १ सय ९१ रनको योगफल तयार गरेको छ ।

जवाफमा इङ्ल्यान्डले पहिलो दिनको खेल सकिँदा तीन विकेट गुमाएर ५३ रन जोडेको छ । 

भारतका कप्तान विराट कोहली र सार्दुल ठाकुरले अर्धसतकीय इनिङ खेलेपछि टोली सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो । 

ओपनरद्धय रोहित शर्मा (११) र केएल राहुल (१७) सस्तैमा पवेलियन फर्किइसकेको अवस्थामा चेतेस्वर पुजारा पनि चार रनमै आउट भएपछि कोहलीले ९६ बलमा आठ चौकासहित ५० रन बनाएका थिए ।

आक्रामक ब्याटिङ गरेका ठाकुरले ३६ बलमा सात चौका र तीन छक्कासहित ५७ रनको योगदान गरे । भारतको इनिङमा अजिन्क्या राहनेले १४ रन बनाए भने रविन्द्र जडेजा र उमेश यादवले समान १० रन जोडे । भ्रमणकारी टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

इङ्ल्यान्डका क्रिस ओक्सले चार विकेट लिए भने ओली रबिन्सनले तीन विकेटमा नाम लेखाए । जेम्स एन्डरसन र क्राएग ओभरटनले एक/एक विकेट लिए । 

जवाफमा ब्याटिङ गर्न आएको घरेलु टोलीको सुरुआत अत्यन्तै खराव रहयो । 

६ रन बनाउँदा इङ्ल्यान्डले आफ्ना दुवै ओपनरलाई गुमाइसकेको थियो । रोरी बर्नसले पाँच रन बनाएर पवेलियनको बाटो तताउँदा हासिब हमिदले खाता पनि खोल्न सकेनन् । 

टोलीका लागि डेविड मालान २६ रन बनाएर अविजित रहँदा क्रिजमा उनलाई क्राएग ओभरटनले साथ दिइरहेका छन् । कप्तान जोए रुट २१ रन जोडेर पवेलियन फर्किए । 

भारतका जसप्रित बुमराले दुई विकेट लिए भने उमेश यादवले एक विकेट लिए । 

पाँच टेस्टको शृंखलामा दुवै टोलीले एक/एक खेल जितेका छन् । इङ्ल्यान्डले गत सप्ताहन्तमा भारतलाई चौथो दिनमै पराजित गर्ने क्रममा एक इनिङ र ७६ रनले हराएर शृंखला १-१ को बराबरीमा ल्याएको थियो । 

प्रतिक्रिया दिनुहोस

\