Breaking News
गृहपृष्ठ/ क्रिकेट
Image
Image
Image
Image
- खेलाडी

तमिम इकबालले ट्वान्टी २० विश्वकप नखेल्ने

ढाका, (खेलाडी)- बंगलादेशका ओपनिङ ब्याट्सम्यान तमिम इकबालले ओमान र संयुक्त अरब इमिरेट्स (युएई)मा हुने आइसिसी ट्वान्टी २० विश्वकप नखेल्ने निर्णय गरेका छन् ।

तमिमले फेसबुकमा एक पोस्ट गर्दै आफूभन्दा सबल ओपनरलाई मौका दिनका लागी विश्वकप नखेल्ने निर्णय गरेको बताए । 

‘मैले बिसिबीका अध्यक्ष र प्रमूख छनोटकर्तालाई विश्वकप खेल्ने टोलीमा म हुनुपर्छ जस्तो लाग्दैन भन्ने सन्देश दिइसकेको छु । मैले लामो समयदेखि यो संरचनाको क्रिकेट खेलेको छैन् । यो पनि मैले विश्वकप खेल्न नचाहनुको कारण हो,’ तमिमले लेखेका छन् । 

इकबालले यो निर्णयको पछाडि आफ्नो घुँडाको चोट नभएको समेत बताएका छन् । उनले भने, ‘मलाई मेरो घुँडाको चोट चिन्ताको विषय हो जस्तो लाग्दैन् । किनकी म विश्वकप अगाडि नै फिट भइसक्ने थिए ।’

सन् २००७ मा केन्याविरुद्धको खेलबाट ट्वान्टी २० मा ‘डेब्यु’ गरेका तमिमले बङ्लादेशबाट ७८ ट्वान्टी २० खेलमा एक हजार सात सय ५८ रन जोडेका छन् । 

प्रतिक्रिया दिनुहोस

\