मेड्मेडेभ तेस्रो चरणमा

न्युयोर्क, (खेलाडी)- विश्व नम्बर २ ड्यानिल मेड्मेडेभ यूएस ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको दोस्रो चरणको खेलमा मेड्मेडेभले डोमिनिक केइफरमाथि ६-४, ६-१, ६-२ को सोझो सेटमा जित हासिल गर्दै तेस्रो चरणको यात्रा पक्का गरेका थिए । 

तेस्रो चरणमा मेड्मेडेभले स्पेनका पाव्लो एन्डिजारको सामना गर्नेछन् ।

त्यस्तै पाँचौ वरियताकाका आन्द्रेई रुबलेभले स्पेनका पेड्रो मार्टिनेजमाथि ७-६ (७/२), ६-७ (५/७), ६-१, ६-१ संघर्षमय जित हासिल गर्दै तेस्रो चरणको टिकट काटे । उनले तेस्रो चरणमा अमेरिकाका फ्रान्सिस टियाफोईको सामना गर्नेछन् ।

यसैगरी बेलायती खेलाडी डान इभान्सले पनि प्रतियोगिताको तेस्रो चरणमा स्थान पक्का गरेका छन् । इभान्सले दोस्रो चरणमा अमेरिकाका मार्कोस ग्रोनलाई हराए । तेस्रो चरणमा इभान्सले जिगोर दिमित्रोभको सामना गर्ने छन् ।