Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

पिएसजी फुटबलका लागि घातक : ला लिगाका अध्यक्ष

मड्रिड, (खेलाडी)- स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेवासले यस सिजन सुरुवा बजारमा निकै व्यस्त बनेको फेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई खतराको संज्ञा दिएका छन् ।

ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीलाई पिएसजीले भित्र्याएको थियो । लगातार स्टार खेलाडीहरुले लिग छोड्दै अन्यत्र गएपछि ला लिगाको चर्चा सेलाएको छ । मेसी अघि रियाल मड्रिडका कप्तान सर्जियो रामोस पनि पिएसजीमा अनुबन्धित भएका थिए । 

‘युरोपियन फुटबलका क्लबमध्ये आफूलाई बादशाह सम्झने पिएसजी समग्र फुटबलका लागि त्यती घातक छ, जती सुपर लिगको अवधारणा थियो,’ टेवासले ट्विट गरेका छ्न, ‘हामीले सुपरलिगको आलोचना गर्‍यौं । यसको सकारात्मक र नाकारात्मक पक्षका विषयमा पनि छलफल गर्‍यौं । किनभने हामी युरोपियन फुटबललाई जीवन्त राख्न चाहन्थ्यौं । त्यसैले पिएसजीले आफूखुशी सरुवा बजारमा गरेको लगानीका विषयमा पनि वहस हुन आवश्यक छ ।’

पछिल्लो पाँच वर्षमा नेइमार, क्रिस्टियानो रोनाल्डो र मेसी गरी विश्वका शीर्ष ३ खेलाडीले ला लिगाबाट विदा लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

\