Breaking News
गृहपृष्ठ/ टेनिस
Image
Image
Image
Image
- खेलाडी

उपाधि रक्षा अभियानमा ओसाकाको सुखद सुरुआत

न्युयोर्क, (खेलाडी)- साविक विजेता नाओमी ओसाकाले युएस ओपनको उपाधि रक्षा अभियानको सुखद सुरुआत गरेकी छिन् ।

मानसिक रुपमा फिट नभएको भन्दै यस वर्ष फ्रेन्च ओपन बीचमै छोडेकी ओसाकाको त्यो घटनापछि ग्रान्ड स्लाममा यो पहिलो जित हो ।

ओसाकाले तेस्रो वरियताकी म्यारी बुझकोभालाई २–० को सोझो सेटमा हराइन । ओसाकाले ६-४, ६-१ को जितका साथ दोस्रो चरणको यात्रा पक्का गरिन । 

दोस्रो चरणमा ओसाकाले सर्बियाकी ओल्घा डालिनोभिचसँग प्रतिस्पर्धा गर्नेछिन् ।

४ पटककी ग्रान्ड स्लाम विजेता ओसाकाले मानसिक फिटनेस नभएको भन्दै जुनमा सम्पन्न विम्बल्डनमा समेत सहभागीता जनाएकी थिइनन् । फ्रेन्च ओपनबाट आराम लिन थालेकी उनी टोकियो ओलम्पिक २०२० बाट टेनिसमा फर्किएर्की  थिइन् । तर उनको यात्रा तेस्रो चरणबाट अघि बड्न सकेन ।

‘दर्शकको अघि खेल्न पाउनु एउटा खेलाडीका लागि सधै विशेष उर्जाको कुरा हो । मैले युएस ओपनको मज्जा लिइरहेको छु,’ ओसाकाले भनिन्, ‘गत वर्ष हामीले कोभिड १९ महामारीका कारण बन्द कोर्टमा खेलेका थियौं । जसबाट हामीले शुन्यता महसुस गरेका थियौं ।’

प्रतिक्रिया दिनुहोस

\