अन्य काम गरेर फुर्सदको समयमा रेफ्री काम गर्नुपरेको छ । कोही अध्यापन पेसामा छन् । कोही व्यापार गर्छन् । कोही जागिर खान्छन् । अनि फुर्सदको समयमा सोखका लागि रेफ्री गर्ने हो । रेफ्रीको काम पेसा नै बन्न नसकेपछि कसरी स्तर हुन्छ ?
चुनौती धेरै छन्, मेरा लागि ती सबै अवसर हुन् :सदस्यसचिव, टंकलाल घिसिङ
अर्को कुरा, नेपालमा अहिलेसम्म कति खेलाडी छन्, कति प्रशिक्षक छन् भन्ने यकिन डाटा छैन । प्रशिक्षक हामीसँग धेरै छन् । राखेपमा पनि त्यति धेरै प्रशिक्षक छन् । ती प्रशिक्षकहरूले कतिवटा सेसन चलाइराखेका छन् । कुन-कुन दिन के-के गर्यो भन्ने कुरा हामीले हेर्ने हो भने केही सुधार हुन्छ ।
त्यही खेलले ज्ञानीराजाको रेफ्री करिअर नै उथलपुथल भयो । त्यो खेलमा उनले लिएको निर्णयका कारण फिफा ब्याचको हकदार भए । लिगको एक खेल खेलाउँदै फिफा रेफ्री ब्याच प्राप्त गर्ने उनी भाग्यमानी रेफ्री बने ।
निर्विवादको अर्थ उनले खेलाडीलाई देखाएका कार्डले रेफ्री र खेलाडीबीच द्वन्द्व सिर्जना गरेन । स्पष्ट भन्नुपर्दा उनमा सधैं सही समयमा सही निर्णय लिनसक्ने गजबको खुबी थियो । उनले गरेका निर्णयप्रति खेलाडीहरू बिरलै विवादमा उत्रन्थे ।
नेपालजस्तो पुरुषप्रधान समाज भएको देशमा सबै पेसामा पुरुषको तुलनामा महिलालाई गाह्रो हुने अस्मिता र उनका सहकर्मी रेफ्रीहरूले राम्ररी बुझेका छन् । त्यसैले त उनीहरू कुनै सुविधा नभए पनि फुटबलप्रतिको लगावकै कारण विनागुनासो रेफ्रीको अपजसे काममा समर्पित भइरहेका छन् ।
यसरी नेपाली फुटबलले महिना दिनको अन्तरमा चार सपुतलाई गुमाएको थियो । यी दुई विमान दुर्घटनाका कारण पूरा नेपाल स्तब्ध भएको थियो । यसको सबैभन्दा बढी क्षति भने नेपाली फुटबललाई नै परेको थियो ।