Breaking News
गृहपृष्ठ / खेलाडी
Image

गंगाराम महर्जन

जन्म मिति : 25 April, 1972
उमेर : 49 बर्ष
उचाई : 5.3
तौल : 75

प्रोफाइल


नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्‍चमा सफल रुपमा प्रस्तुत गर्ने मुख्य खेलमध्ये एक हो, कराँते र गंगाराम महर्जन त्यस खेलका एक महत्वपूर्ण खेलाडी । नेपाली कराँतेका एक सफल खेलाडी र प्रशिक्षकका रुपमा उनको परिचय स्थापित छ । 

डेढ वर्षअघि नेपालमै सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुदमा नेपालले काँताका चार इभेन्ट्समध्ये तीनमा स्वर्ण र एकमा रजत जित्दा उनै गंगाराम प्रशिक्षक थिए । उनले एरिनामा उतारेका आठ मध्ये सात खेलाडीले स्वर्ण पदक भिर्दा एक जनाले रजत पदक जितिन । कराँतेले दक्षिण एसियाली खेलकुदमा नेपालको पुरानो साख फर्काउदा गंगारामले प्रशिक्षकको भूमिकालाई पूर्ण रुपमा न्याय गरे ।

२० वर्षअघि २०५६ सालमा काठमडौंमा साग (तत्कालिन साफ)को आठौं संस्करण हुँदा कराँते पहिलो पटक समावेश गरिएको थियो । त्यतिबेला कराँतेले कुल १४ स्वर्ण पदक जित्दा गंगारामले खेलाडीका रुपमा स्वर्ण पदक जितेका थिए ।

ललितपुरको ठेँचोका स्थायी वासिन्दा वासिन्दा गंगरामका लागि आठौं र १३औं सागवाहेक करियरमा यसबीचको समय भने निक्कै उचारचढावपूर्ण रहयो । पाकिस्तानको इस्लामाबादमा २०६० सालमा नवौं साफ हुँदा उनीबाट स्वर्ण पदकको आशा गरिएको थियो । तर अत्यन्तै विवादास्पद खेलमा निर्णायकले उनलाई कांस्य पदकमा सिमित गरे । निर्णायकको गलत निर्णय स्मरण गर्दा अहिले पनि नेपाली खेलकुद इस्लमाबादको जिन्हा स्पोर्टस कम्प्लेक्सको त्यो दृष्य सम्झने गर्छ । त्यसको दुई वर्षपघि श्रीलंकाको कोलम्बोमा नयाँ नाम सागसहित दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको १०औं संस्करण हुँदा भने गंगाराम पूर्ण रुपमा पदकविहिन भए । 

कोलम्बोमा पदकविहिन हुनु परेपछि ढल्कँदो उमेरका गंगारामले खेल जीवनमा पूर्णविराम लगाउँने निर्णय गरे । त्यसयता प्रशिक्षकका रुपमा सकृय उनको व्यस्तता नेपाली खेलकुदमा खेलाडी हुँदाभन्दा कुनै पनि हालतमा कम छैन । प्रत्येक दिन विहान र‌गशालामा आफै व्यायाम गर्ने र खेलाडीलाई प्रशिक्षण गराएर सुरु हुने उनको दैनिकी राति पनि टेलिभिजनमा विश्‍वका विभिन्‍न स्थानमा भएका खेलको प्रतक्ष्य प्रशारण वा रेकर्डेड प्रशारण हेरेरै अन्त्य हुने गर्छ ।

थप खेलाडी

Image

मन्देकाजीको कराते मन

कराँते

Image

पलेशाले सिकेको पाठ

पारा तेक्वान्दो

Image

संगीता बस्याल

तेक्वान्दो

Image

दीपक श्रेष्ठ

कराँते

Image

अनु अधिकारी

कराँते खेलाडी

Image

राजुकाजी शाक्य

फुटबलर

Image
\