चिनियाँ सुपर लिगको ‘मायाजाल’ मा ओस्कार

काठमाडौं । सन् २०१६ डिसेम्बर । सुरुआती केही वर्षमै चाइनिज सुपर लिग स्वर्णिम युग प्रवेशको संघारमा थियो ।

पाउलिन्हो, रामिरेज, इज्वेक लाभेजी, गेर्भिन्हो, हल्क, बुराक यलमाज, ज्याकसन मार्टिनेजजस्ता स्टार खेलाडी चाइनिज सुपर लिगमा देखिन थालिसकेका थिए । कार्लोस टेभेज, एक्सेल विट्सेन, जाभियर मास्चेरानो, यानिक कारास्को र एलेक्जेन्डर पाटो पनि चिनियाँ लिगमा ‘डेब्यु’ गर्ने तयारीमा थिए ।

चर्चित प्रशिक्षक फाबियो कानाभारो, लुइस फिलिप स्कोलारी, म्यानुयल पेलेग्रिनी र आन्द्रे भेलास बोस पनि सुपर लिग क्लबको प्रशिक्षणमा व्यस्त थिए ।

२५ वर्षे ओस्कार आफ्नो खेलजीवनकै सबैभन्दा उच्च लयमा थिए । त्यसबीच उनीसामु चाइनिज सुपर लिगको क्लब सांघाइ एसआइपिजीले अनुबन्धनको प्रस्ताव गर्यो र उनी त्यसमा सहमत भए ।

ओस्कार इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीमा पाँचौं सिजन बिताइरहेका थिए । उनले चेल्सीबाट सबैखाले प्रतियोगितामा गरी दुई सयभन्दा बढी खेल खेलिसकेका थिए । यसक्रममा उनले प्रिमियर लिग र युरोपा लिगसमेत जितिसकेका थिए । उनले ५ पटकको विश्वविजेता ब्राजिलको राष्ट्रिय टोलीबाट ४८ खेल खेलिसकेका थिए । 

२५ वर्षे ओस्कार आफ्नो खेलजीवनकै सबैभन्दा उच्च लयमा थिए । त्यसबीच उनीसामु चाइनिज सुपर लिगको क्लब सांघाइ एसआइपिजीले अनुबन्धनको प्रस्ताव गर्यो र उनी त्यसमा सहमत भए ।

डिसेम्बर २०२३ । क्लबहरूको चरम आर्थिक संकटका कारण चाइनिज सुपर लिगले अहिले भने साख गुमाइसकेको छ । कुनै समय चर्चित खेलाडीको नामले भरिने लाइनअप अहिले इतिहासमा सीमित भएको छ ।

फरान मेरिडा । योर्गन लोकाडिया, याओ कार्लोस लिगका चर्चित खेलाडीहरू हुन् । एक महिना अघिसम्म मारौने फेलानी पनि सुपर लिगमा थिए । उनले गत महिनामात्र चीन बसाइमा पूर्णविराम लगाए ।

ब्राजिलबाट ४८ खेल खेलिसकेका ओेस्कारले त्यसयता राष्ट्रिय टोलीको जर्सी लगाएर ४९औं खेलका लागि मैदान उत्रने मौका पाएका छैनन् । तर, उनी अहिले पनि चाइनिज सुपर लिगमै रमाइरहेका छन् ।

चाइनिज सुपर लिगमा देखिएका विश्व चर्चित खेलाडीहरू सात वर्षको अन्तरालमा प्रायः गुमनाम छन् । सबै खेलाडी अन्य लिगमा जाँदा एक खेलाडी भने अहिले चीनमै छन् । ओस्कार । जो अहिले ३२ वर्षका भए । उनले चार पटक सुपर लिग जितेका छन् । तर उनले आफ्ना कयौ समर्थक गुमाइसकेका छन ।

ब्राजिलबाट ४८ खेल खेलिसकेका ओेस्कारले त्यसयता राष्ट्रिय टोलीको जर्सी लगाएर ४९औं खेलका लागि मैदान उत्रने मौका पाएका छैनन् । तर, उनी अहिले पनि चाइनिज सुपर लिगमै रमाइरहेका छन् ।

युरोपियन क्लब फुटबलमा उच्च लयमा रहेकै बेला उनी किन चाइनिज सुपर लिगको क्लबमा आकर्षित भए भन्ने प्रश्न सबैको छ । ओस्कारले किन युवा उमेरमै प्रिमियर लिग छोडेर चाइनिज सुपर लिग रोजे ?

उनले त्यो निर्णयमा किन पुनर्विचार गरेनन् ? र दुई तीन सिजनमै किन युरोप फर्किएनन् ? जहाँबाट उनले पुनः ब्राजिलको राष्ट्रिय टोलीमा स्थान बनाउन सक्थे । उनी अहिले पनि किन सुपर लिगमै छन् ? सम्भवतः उनी अहिले पनि राम्रो कमाइकै कारण सुपर लिग खेलिरहेका हुनसक्छन् ।

सन् २०११ मा ब्राजिलियन लिगमा १० गोल गरेका ओस्कार स्थानीय पत्रपत्रिकाको हेडलाइनमा छाएका थिए । उनको २०औं जम्मदिनमा पास्कार म्यागेनिजले उनको फोटोसहित दी जाभी अफ दी ग्रासल्यान्ड शीर्षकमा कभर स्टोरी छापेको थियो । सन् २०१२ देखि २०१४ सम्म उनी ब्राजिलको राष्ट्रिय टोलीको नियमित सदस्य थिए । उनको प्रदर्शनबाट काका र जिकोसमेत प्रशंसक थिए ।

ओस्कारका लागि सांघाई एसआइपिजीले ५२ मिलियन पाउन्ड खर्च गरेको बताइएको थियो । कर कटौतीपछि उनको वार्षिक पारिश्रमिक २४ मिलियन युरो रहेको थियो । उनको पारिश्रमिक प्रिमियर लिगभन्दा ४ सय गुणा बढी थियो ।

सन् २०१४-०१५ सिजन जोजे माउरिन्होको प्रशिक्षणमा रहँदा चेल्सीले प्रिमियर लिगको उपाधि जितेको थियो । जहाँ उनी टोलीका प्रमुख खलाडी थिए । त्यसयता भने ओस्कार कहिले पनि स्वाभाविक लयमा देखिएनन् । २०१६ मा स्टामफोर्ड ब्रिजमा एन्टोनियो कोन्टे भित्रिएपछि ओस्कारले टोलीमा स्थान पाउन छोडे । उनी क्लबले बिक्री गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि थिए । उनलाई भित्र्याउन एट्लेटिको मड्रिड, युभेन्ट्स, इन्टर मिलान र एसी मिलानले चासो देखाएका थिए ।

‘म एट्लेटिको जाने तयारीमा थिएँ । तर चेल्सीले उनीहरूको प्रस्ताव अस्वीकृत गर्यो,’ ओस्कारले सन् २०२१ मा ब्राजिलको एउटा अनलाइन युओएलसँग भनेका थिए, ‘मेरा लागि चेल्सीले प्रस्ताव ल्याउने क्लबबाट ५० देखि ६० मिलियन युरो आस गरेको थियो । त्यो बेला सबैका लागि त्यो महँगो रकम थियो । त्यसपछि मात्र चाइनिज सुपर लिगको प्रस्ताव आयो । चेल्सी छोड्नु सहज निर्णय थिएन । तर म निरन्तर बेन्चमा थिएँ र म बेन्चमा मात्र बस्न चाहन्नथें ।’

ओस्कारका लागि सांघाई एसआइपिजीले ५२ मिलियन पाउन्ड खर्च गरेको बताइएको थियो । कर कटौतीपछि उनको वार्षिक पारिश्रमिक २४ मिलियन युरो रहेको थियो । उनको पारिश्रमिक प्रिमियर लिगभन्दा ४ सय गुणा बढी थियो ।

‘चीन आर्थिक रूपमा बलियो छ र कहिलेकाहीँ उनीहरूको प्रस्ताव अस्वीकार गर्न कठिन हुन्छ,’ ओस्कारले २०१७ को एक अन्तर्वार्तामा भनेका थिए ।

ब्राजिलका अरू खेलाडीजस्तै ओस्कार पनि गरिब परिवारमा हुर्किएका हुन् । उनी ३ वर्षको हुँदा उनको बुवाको सडक दुर्घटनामा मृत्यु भएको थियो । उनकी आमाले उनीसहित दुई दिदीलाई हुर्काएकी थिइन् । ओस्कारले अन्य खेलाडीजस्तै फुटबल खेलेरै परिवार पाल्ने निधो गरेका थिए ।

‘सबै खेलाडी आफ्नो परिवार पाल्न धेरै पैसा कमाउने लक्ष्यमा हुन्छन्,’ २०१७ मा ओस्कारले भनेका थिए, ‘जब मैले चीन आउने निर्णय लिएँ, मैले आफ्नो खेलजीवनभन्दा पनि परिवारलाई माथि राखें । म युवा खेलाडी हुँ र म दुई–तीन सिजनपछि युरोपियन फुटबलमा पुनरागमन गर्नेछु ।’

म प्रत्येक पटक ब्राजिलको राष्ट्रिय टोलीमा बोलाइएका खेलाडीको नामावली हेर्थें । त्यहाँ रहेका केही खेलाडीभन्दा म अझै पनि उत्कृष्ट लयमै जस्तो हुन्थ्यो ।

तर, उनले युरोपियन फुटबलमा पुनरागमन गरेनन् । सन् २०१९ डिसेम्बरमा उनले क्लबसँगको सम्झौता थप ५ वर्षका लागि नवीकरण गरे । त्यसको तीन महिनापछि नै चीन सरकारले विदेशी खेलाडीका लागि वार्षिक पारिश्रमिक ३ मिलियन युरोभन्दा बढी नहुने निर्णय गरेको थियो । जसले सुपर लिगप्रति विदेशी खेलाडीको आकर्षण घटाएको थियो ।

‘चीनतिर लागेपछि म सञ्चारमाध्यम र ब्राजिलको राष्ट्रिय टोलीबाट अलग हुन्छु भन्नेमा जानकार थिएँ,’ २०२१ मा ओेस्कारले भनेका थिए, ‘जसलाई स्वीकार्न मलाई केही समय लाग्यो । म प्रत्येक पटक ब्राजिलको राष्ट्रिय टोलीमा बोलाइएका खेलाडीको नामावली हेर्थें । त्यहाँ रहेका केही खेलाडीभन्दा म अझै पनि उत्कृष्ट लयमै जस्तो हुन्थ्यो ।’

सन् २०१६ देखि २०२२ सम्म ब्राजिलको प्रशिक्षक रहेका टेटेले सुपर लिगबाट खेलाडी राष्ट्रिय टोलीमा नबोलाएका होइनन् तर त्यसमा ओस्कारको नाम भने समावेश भएन । ‘चीनमा खेल्ने खेलाडीलाई हेर्ने नजर गलत छ, खेलिरहेका खेलाडीको स्तर कम हुन्छ भन्ने हुँदैन,’ ओस्कार भन्छन् ।

सांघाईमा सहायक प्रशिक्षकको रूपमा रहेका इडवार्ड स्टिल अहिले ओस्कारको परिवार चीनमा आरामदायी जिन्दगी बिताइरहेको बताउँछन् । ‘सांघाई बस्नका लागि राम्रो सहर हो,’ स्टिलले भनेका थिए, ‘उनका बच्चा यहाँको राम्रो विद्यालमया पढ्छन् । उनले यहाँ सहज महसुस गरेका छन् । त्यसैले पनि उनी अहिले पनि सुपर लिगमै छन् ।’

अहिले पनि ओस्कारको अनुबन्धमा युरोपेली क्लबले इच्छा नदेखाएका होइनन् । तर, ओस्कार आफ्नो सम्झौता अवधिसम्म चीनमै बस्न चाहन्छन् । ‘मेरो अझै पनि सम्झौता बाँकी छ,’ उनले भने, ‘म क्लब व्यवस्थापन र समर्थकले दिएको मायाप्रति आभारी छु । क्लबप्रति मेरो केही गुनासो छैन ।’