इङ्लिस प्रिमियर लिग
Flash News
- पिएसजी उपाधि नजिक
- युनाइटेडको पुनरागमन जित
- गुजराजविरुद्ध दिल्लीको रोमाञ्चक जित
- उपाधि सम्भावना कायम राख्ने लिभरपुलको योजनामा धक्का
- एपिएफ फाइनलमा
- सुदूरपश्चिमको सहज जित
- दीपेन्द्रको ट्वान्टी २० ब्याटिङ वरियता सुधार
- सिन्धुपाल्चोक जिल्ला लिगः चौताराको विजयी सुरुआत
- पुल्चोकको पहिलो हार
- पुनम स्पेसल अवार्डबाट सम्मानित
वैशाख १३, २०८१
लन्डन । इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनलले शुक्रबार राती एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ ।
२१औं मिनेटमा स्मिथ रोवेको कर्नरमा थोमस पार्टीले हेड गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्तिममा भिल्लाका म्याट टार्गेटले आर्सनलका एलेक्सजेन्डर लाकाजेटीमाथी फाउल गरेपछि आर्सनलले भिडियो असिस्टन्ट रेफ्रीमार्फत पेनाल्टी पाएको थियो ।
पिरे इमेरिक औबामेयाङको पेनाल्टी आर्सनलकै पूर्व गोलरक्षक इमिलियानो मार्टिनलेजले बचाए पनि रिबाउन्डमा औबामेयाङले कुनै गल्ति नगरी आर्सनललाई २–० ले अघि बढाए ।
भिल्लाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि आर्सनलका स्मिथ रोवेले ५६औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
भिल्लाका ज्याकोब रामसेले क्लबबाट पहिलो गोल गर्ने क्रममा ८२औं मिनेटमा २० यार्डबाट बललाई पोष्टको दिशा दिएका थिए ।