नेपालमा रग्बी

गति लिँदै रग्बी

सुन्दा र हेर्दा नयाँ खेल लागे पनि रग्बी खेल दर्ताका हिसाबले नेपालको पुरानो खेल संघमध्ये एकमा पर्दछ । तर गतिविधिका हिसाबले भन्नैपर्दा रग्बी नेपाली खेल पारखीका लागि नौलो लाग्न सक्छ ।

२०५२ (सन् १९९५) सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाल रग्बी संघ दर्ता भएको थियो । भारतमा अध्ययन गर्न गएका केही व्यक्तिहरूले अग्रसरता देखाएपछि नेपालमा रग्बी संघ दर्ता भएको पाइन्छ ।

नेपाल रग्बी संघका सचिव गोविन्द घिमिरेका अनुसार भारतमा रग्बी खेलले विस्तारै गति लिइरहेको थियो । त्यही समय अध्ययनका लागि गएका सिद्धिशम्शेर राणाले नै नेपालमा रग्बीलाई भित्र्याएका हुन् ।

२०५२ सालमा नै नेपालमा रग्बी संघ दर्ता भएको हो । तर सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको देखिन्न ।

उनकै अध्यक्षतामा २०५२ सालमा नै नेपालमा रग्बी संघ दर्ता भएको हो । तर सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा संघ दर्ताको दुई दशक बित्दा पनि रग्बीले नेपालमा खासै आकार लिन सकेको देखिन्न ।

यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गंठन भएपछि मात्र रग्बीले गति लिन थालेको हो । सचिव घिमिरेले पुनर्गंठनपछि रग्बीका गतिविधि विस्तार हुने थालेको सुनाए ।

अहिले रग्बी खेलले क्रमशः गति लिइरहेको छ । घिमिरेले सुनाए, ‘हाल हाम्रो १७ जिल्लामा संघ गठन भइसकेका छन् । लगातार क्लब र विद्यालयस्तरीय प्रतियोगिताहरू भइरहेका छन् । यस्ता स्पर्धाले रग्बी खेलको अगाडि बढ्ने प्रयासमा ठूलो टेवा पुगेको छ ।’

स्थापनाको दुई दशकपछि मात्र नेपालले पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालले सन् २०१५ देखि लगातार एसियन च्याम्पियनसिपमा सेभेन-ए-साइडतर्फ सहभागिता जनाउँदै आइरहेको छ । तथापि अभ्यासका लागि मैदान अभावले केही समस्या उत्पन्न भएको घिमिरे बताउँछन् ।

‘नेपालले सेभेन-ए-साइडतर्फ सहभागिता जनाइरहे पनि हामीसँग फिप्टिन-ए-साइडको टोली पनि छ,’ सचिव घिमिरेले भने, ‘हामीले विगतमा पनि विभिन्न उमेर समूहअन्तर्गत ग्रासरुट कार्यक्रमहरू सञ्चालन गर्दै आएका थियौं । अहिले सातवटै प्रदेशमा रग्बी खेल विद्यालय तहमा सुरु भइरहेको छ ।’

सन् २०१३ मा पहिलो पटक काभ्रेको बेलोर स्कुलमा पहिलो अन्तरविद्यालय रग्बी प्रतियोगिता भएको थियो । त्यसपछि भने उपत्यकालगायत विभिन्न जिल्लामा विद्यालय स्तरका प्रतियोगिताहरूले निरन्तरता पाएका छन् ।

विद्यालयसँगै क्लबस्तरीय प्रतियोगिता पनि आयोजना गरिसकेको घिमिरेले जनाए । सन् २०१४ मा रग्बीको पहिलो राष्ट्रिय प्रतियोगिता भएको थियो । त्यसमा ५ विकास क्षेत्रका १-१ टोली र विभागीय टोलीका रूपमा त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरेका थिए ।

विगतमा विकास क्षेत्रको हिसाबमा क्लब संरचना बनाइए पनि अहिले रग्बीले त्यसलाई परिवर्तन गरेको छ । देश संघीयतामा गएकाले प्रदेश संरचनाअन्तर्गत क्लब संरचना बनाइएको

विगतमा विकास क्षेत्रको हिसाबमा क्लब संरचना बनाइए पनि अहिले रग्बीले त्यसलाई परिवर्तन गरेको छ । देश संघीयतामा गएकाले प्रदेश संरचनाअन्तर्गत क्लब संरचना बनाइएको सचिव घिमिरेले जानकारी गराए ।

सन् २०१५ मा पहिलो पटक दशरथ रंगशालामा रग्बीको क्लबस्तरीय प्रतियोगिता भएको थियो । सन् २०१७ मा भक्तपुरस्थित सैनिक विद्यालयको मैदानमा दोस्रो संस्करणको क्लबस्तरीय प्रतियोगिता सम्पन्न भयो । घिमिरेका अनुसार प्रदेश र जिल्ला दुवैले रग्बी क्लब दर्ता गर्न सक्छन् । हाल अहिले केन्द्रमा दर्ता भएका सात क्लब छन् ।

नेपालमा अहिले गोर्खाली रग्बी क्लब, हिमालय रग्बी क्लब, चितवन ओरिज क्लब, बढीमालिका क्लब, आकाशभैरव रग्बी क्लब छन् । महिला रग्बीतर्फ वुमन्स रग्बी क्लब पनि दर्ता छ । नेपालको पुरुषतफै सेभेन-ए-साइड र फिप्टिन-ए-साइड दुुवैतर्फ टोली निर्माण छ । महिलातर्फ सेभेन-ए-साइड टोलीमात्र रहेको छ ।

अन्तर्राष्ट्रिय सहभागिता हेर्ने हो भने नेपालबाट पुरुष र महिला दुवै टोलीले प्रतियोगितामा बराबरी सहभागिता जनाएका छन् । सन् २०१५ मा चेन्नईमा भएको प्रि-ओलम्पिक क्लालिफायरमा पुरुष टोलीले मात्र भाग लिएको थियो । त्यसयता भने महिला/पुरुष दुवै टोलीले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् ।

क्रिकेट र फुटबलजस्तो चर्चित नभए पनि समयको गतिसँगै रग्बी अगाडि बढिरहेको दाबी सचिव घिमिरेको छ । ‘नेपालमा फुटबल र क्रिकेटले जुन उचाइ अहिले पाएका छन्, त्यो एकैपल्ट सम्भव भएको होइन,’ सचिव घिमिरेले भने, ‘ती संघहरूले विभिन्न कालखण्डमा ठूलो संघर्ष गरेका छन् । हामी अहिले नेपालमा रग्बीलाई स्थापित गर्ने संघर्षमै छौं ।’

नेपालमा मात्र नभई एसियामा समेत रग्बी खेलले सोचेअनुरुप विकासमा सफलता पाउन नसकेको उनको तर्क छ । सन् २०१९ मा पहिलो पटक एसियामा रग्बी विश्वकप आयोजना भयो । त्यो जापानमा भएको थियो ।

एसियामै रग्बी पछाडि छ । त्यसको असर नेपालमा पनि परेको हो । हामी पनि २०५२ सालमै दर्ता भए पनि गतिविधि प्रायः शून्य हुँदा गुमनाम भएकै हौं ।

उनी भन्छन्, ‘एसियामै रग्बी पछाडि छ । त्यसको असर नेपालमा पनि परेको हो । हामी पनि २०५२ सालमै दर्ता भए पनि गतिविधि प्रायः शून्य हुँदा गुमनाम भएकै हौं । संघ पुनर्गठनपछि मात्र नेपालमा रग्बीले गति लिएको हो । त्यसैले रग्बीले छिट्टै आकार लिने हाम्रो विश्वास छ ।’

नेपालमा सेभेन-ए-साइडतर्फ समान १२ पुरुष र महिला खेलाडीका लागि निरन्तर प्रशिक्षण भइरहेको घिमिरेले बताए । फिप्टिन-ए-साइडतर्फ भने नेपालमा पुरुषतर्फ २५ खेलाडी निरन्तर प्रशिक्षणमा छन् ।

देशभर फिप्टिन-ए-साइडतर्फ १ सय २५ पुरुष खेलाडी छन् भने सेभेन-ए-साइडतर्फ करिब ३ सय खेलाडी रहेको रग्बी संघको तथ्यांक छ ।

सचिव घिमिरे बाहिरबाट झट्ट हेर्दा रग्बी ‘रफ’ खेलजस्तो देखिए पनि मैदानमा त्यस्तो नहुने बताउँछन् । ‘यो एउटा कन्ट्याक्ट गेम नै हो । यो बाहिर हल्ला गरिए जस्तो रफ गेमचाहिँ होइन,’ घिमिरेले प्रस्ट पारे, ‘यो जुनसुकै उमेरका समूहका खेलाडीले पनि खेल्न सक्छन् ।’