
- एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)
- जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’
- अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा
- यस्ता छन् अक्सनअघिको आइपिएल टोली
- फुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमन
- अन्तर विद्यालय बास्केटबलः रातो बंगला विजयी
- एनटिए लिगः भुपेन्द्रलाई स्वर्ण
- दक्षिण एसिया कराते च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा
- रेडिअन्ट कपः जेसिज र श्रृजना ज्ञान सागर सेमिफाइनलमा
- जितले टोलीको आत्मविश्वास बढाएको छः प्रशिक्षक वाडु

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६ औं कार्यकारी बैठकले चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपालको ‘सेफ दि मिसन’मा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई नियुक्त गरेको छ । बैठक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको हो ।
यस्तै बैठकले नेपालको डेपुटी ‘सेफ द मिसन’मा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र राखपको बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त भएका छन् । बैठकले ओलम्पिक बडापत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार निर्णय गरेको हो । त्यसअनुसार ओलम्पिक कमिटीले ‘सेफ दि मिसन’को नियुक्ती गर्नेगर्छ ।
प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अन्य सदस्य ‘सेफ दि मिसन’को जिम्मेवारीमा रहने गर्छन् । प्रतियोगिताका क्रममा ‘सेफ दि मिसन ’ खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने गर्छ ।
बैठकले प्रतियोगितामा सहभागी हुने खेल तथा त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । त्यस अनुसार नेपालकोतर्फबाट २९ खेलमा २ सय ५३ खेलाडीका सहभागिता रहनेछ । भदौ १२ मा भएको भएको अनलाइन डेलिगेसन रजिस्ट्रेसन बैठक (डिआरएम) अनुसार यो निर्णय भएको हो ।
त्यसमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक बैद्य र कार्यालय सचिव सुजनलाल श्रेष्ठ तथा परिषदको बोर्ड सदस्य धमलाले भाग लिएका थिए ।
अब भौतिक उपस्थितिमा अन्तिम डिआएम भदौ ३० मा हाङझाउमा बस्नेछ । निर्णय अनुसार नेपालकातर्फबाट बास्केटबल, पौडी, कुस्ती, ट्रायथलन र आर्चरीमा चार, एथलेटिक्स, जुडो, कराते र ब्याडमिन्टनमा आठ, बक्सिङमा १३, ब्रेकिन डान्स र क्यानोईमा एक, क्रिकेटमा १५ र ई-स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ ।
यस्तै फेन्सिङ, टेवबद टेनिस, स्क्वास, टेनिस र गल्फमा ६, फुटबलमा २२, ह्यान्डबलमा १६, कपर्दी, उसु र रग्बीमा १२, साइक्लिङ र सुटिङमा दुई, तेक्वान्दोमा ११, भलिबलमा २४ र भारोत्तोलनमा पाँच खेलाडीको सहभागिता रहनेछ ।