फाल्गुन २, २०८२ शनिबार | ०४:३७:५६
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन बोरिस बेकर

‘गोल्डेन ब्वाइ’ बेकरको पतन

लन्डन । अचेल बोरिस बेकरबारे जति पनि सुन्न पाइन्छ, त्यसले कानमात्र पाक्ने गर्छ । कुनै समय उनी विश्व टेनिसका ‘गोल्डेन ब्वाइ’ थिए, आजभोलि ‘ब्याड ब्वाइ’ भएका छन् । फेरि कसैले सोध्न सक्छ, को हुन् यी बोरिस बेकर ? यदि कसैले यो प्रश्न गर्छ भने सिधै भने हुन्छ, तिनलाई टेनिसबारे केही पनि थाहा छैन । सन् ८० देखि ९० को दशकबीच जर्मनीका यी टेनिस खेलाडी खुबै चम्किए । आँखीभुइँसम्म पनि खैरो रहेका यी बेकरको टेनिस आफ्नो समय उत्कर्षमा थियो ।

अहिले उनी लगभग लुकिछिपी हिँड्नुपर्ने स्थितिमा छन् । टाट पल्टेर कहीं कतैको नभएको त अब उनीबारे नयाँ रहेन । तर उनी खासमा ठ्याक्कै टाट पल्टेका पनि थिएनन् । टाट पल्टेको नाटक गरेका पो रहेछन् । खासमा आफूले लिएको ऋण र कर तिर्नुपर्ला भनेर । उनको गोप्य आर्थिक स्रोतबारे थाहा पाएपछि लन्डन अदालतले उनलाई हालै मात्र जेल सजाय पनि तोकेको छ । त्यो भनेको आर्थिक रूपमा उनी बदमास रहेछन्, व्यक्तिगत आचरणमा बदमास रहेको त यसअघि नै सबैलाई थाहा थियो ।

धेरै अगाडि सन् १९८५ को जुलाईतिर मात्र फर्कौं । त्यतिबेला भर्खर १७ वर्षका बेकरले सारा विश्वजगतलाई आश्चर्यमा पार्दै विम्बल्डन टेनिसको उपाधि जिते । अब भनिरहनुपर्दैन, चार ग्रान्ड स्लाममध्ये पनि सबैभन्दा ठूलो विम्बल्डन जितेपछि उनको कति धेरै चर्चा भएको थियो होला त्यतिबेला । उनी विम्बल्डनका सबैभन्दा कान्छा विजेता मात्र बनेनन्, विनावरीयता अल इंग्ल्यान्ड क्लबको यो बहुत प्रतिष्ठित उपाधि जित्ने पहिलो खेलाडी पनि बने ।

खेलाडीका रूपमा उनले सबैबाट हाइ हाइ नै कमाए । खेलेर नै उनले अकुत सम्पत्ति कमाए । तर सन् १९९९ मा संन्यास लिएयता उनको पतन सुरु भयो । खेल्न के छाडे कमाइको मुहान पनि सुक्न थाल्यो । तर उनको खर्च उस्तै थियो अनियन्त्रित । यसको एउटा कारण उनको घरमा श्रीमती त थियो नै । बाहिर अन्यसँग पनि अफेयर चलाइरहेका हुन्थे उनी । यसक्रममा उनको पत्नी बारबरासँग पारपाचुके भयो । यो सम्बन्धविच्छेदको प्रक्रियामा उनले राम्रै रकम गुमाए ।

त्यसको ३७ वर्षपछि लन्डनकै एउटा अदालतले उनलाई साढे २ वर्षको जेल सजाय सुनायो । सन् २०१७ मा बेकरले आफूलाई टाट पल्टेको घोषणा गरेका थिए, त्यतिबेला उनले तिर्न बाँकी रकम मात्रै ५ करोड पाउन्ड बराबर थियो । सन् २०१२ यता उनी जर्मनी छाडेर लन्डनमै बसिरहेका थिए । उनले छपल्ट ग्रान्ड स्लाम उपाधि जिते । आफ्नो खेलजीवनको उत्कर्षमा ‘बुम–बुम’ उपनाम पाए । किनभने उनको सर्भिस निकै कडा हुने गथ्र्यो ।

खेलाडीका रूपमा उनले सबैबाट हाइ हाइ नै कमाए । खेलेर नै उनले अकुत सम्पत्ति कमाए । तर सन् १९९९ मा संन्यास लिएयता उनको पतन सुरु भयो । खेल्न के छाडे कमाइको मुहान पनि सुक्न थाल्यो । तर उनको खर्च उस्तै थियो अनियन्त्रित । यसको एउटा कारण उनको घरमा श्रीमती त थियो नै । बाहिर अन्यसँग पनि अफेयर चलाइरहेका हुन्थे उनी । यसक्रममा उनको पत्नी बारबरासँग पारपाचुके भयो । यो सम्बन्धविच्छेदको प्रक्रियामा उनले राम्रै रकम गुमाए ।

त्यही बेलातिर लन्डनको एक रेस्टुरेन्टमा बेकरका एक रुसी मोडलसँग निकै छोटो समयका लागि भेट भएको थियो । यही बेला पनि उनी ती महिलासँग शारीरिक सम्बन्धमा रहे । नतिजा उनी ती महिलाबाट एक छोरीका पिता बने । आम्दानी केही थिएन, तर उनको रवाफ र बानीबेहोरा उस्तै थियो । कमाउन पो गाह्रो, खर्च गर्न कहाँ गाह्रो छ र ? पछि बेकर ऋण लिएर खर्च गर्नुपर्नेसम्मका भए । अनि रचियो टेनिसका यी ‘गोल्डेन ब्वाइ’ बेकरको पतनको कथा ।