माघ १, २०८२ बिहीबार | १५:४०:४५
क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित सातदोबोटो र संकटा तथा लालिगुँरास र जावलाखेल खेल्दै राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तानविरुद्ध माल्दिभ्सको फराकिलो जित इस्टर्न ओपनमा पहिलो दिन निरजको अग्रता साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि
शनिबारको दिन चेस

चेस आइएमको लक्ष्यमा विवेक

विवेक थिङ सानैदेखि खेलकुदमा रूचि राख्दथे । साथीहरूसँग फुटबल खेल्न जानु उनको दैनिकी थियो । घरमा आमाबुबासँग अनेक बहाना बनाएरै भए पनि उनी फुटबल खेल्न जान्थे । त्यतिबेला विकेकले सायदै कुनै दिन चेसमा लाग्छु भन्ने सोचेका थिए होलान् ।

कर्फ्युको समयमा दाइ (सञ्जय लामा )ले दिन कटाउनकै लागि उनलाई चेस खेल्न प्रस्ताव गरेका थिए । पहिलो खेलमै उनले सञ्जयलाई हराएदिए । त्यसपछि भित्री मनमा उनलाई जितको स्वाद बस्यो । उनमा यो खेलप्रति लगाव बढिरहेको थियो ।

दाइसँगको त्यही खेलबाट हौसिएका विकेकले नेपाल बुद्धिचाल संघले आयोजना गर्ने विद्यालयस्तरीय प्रतियोगितामा निरन्तर सहभागिता जनाए । सबै प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै सफलताको सिँढी चढिरहे । 

उनी कक्षा छोडेरै फुटबलसमेत खेल्न जान्थे । साथीहरूले भने फुटबलमै लाग्नुपर्छ भनिरहन्थे । तर एकजना सर (हरिकृष्ण)ले ‘चेस खेलमा तिम्रो भविष्य छ, त्यही खेलमा लाग्नुपर्छ’ भनेर सुझाउनु भएको रहेछ । आफूलाई पनि त्यस्तै महसुस भएर चेसमा लागेको उनले सुनाए ।

कक्षा ७ मा पढ्दा उनले स्कुलस्तरीय अन्नपूर्ण चेस प्रतियोगितामा तेस्रो स्थान हासिल गरे । ‘मैले तेस्रो स्थान हासिल गरेर ५ सय रुपैयाँ जितेको थिएँ,’ विवेक सम्झन्छन्, ‘त्यो मेरा लागि विशेष क्षण थियो ।’

उनी कक्षा छोडेरै फुटबलसमेत खेल्न जान्थे । साथीहरूले भने फुटबलमै लाग्नुपर्छ भनिरहन्थे । तर एकजना सर (हरिकृष्ण)ले ‘चेस खेलमा तिम्रो भविष्य छ, त्यही खेलमा लाग्नुपर्छ’ भनेर सुझाउनु भएको रहेछ । आफूलाई पनि त्यस्तै महसुस भएर चेसमा लागेको उनले सुनाए ।

उनले सुनाए, ‘१३-१४ वर्षको उमेरबाटै रेटिङ गेम खेल्न थालिसकेको थिएँ । मेरो पहिलो रेटिङ १ हजार ८ सय २० थियो । जुन जुनियर प्रतियोगिताका लागि निकै राम्रो रेटिङ हुन्थ्यो भने सिनियर प्रतियोगितामा प्रवेश गर्न यो चुनौतीपूर्ण रेटिङ थियो । त्यसपछि म विभिन्न प्रतियोगिताहरूमा सहभागी भएँ ।’

विवेक सन् २०१३ मा यु-१९ राष्ट्रिय च्याम्पियनसमेत भए । निरन्तर प्रतियोगिता नहुँदा र स्तरीय प्रतिद्वन्द्वीविरुद्ध खेल्न नपाउँदा आफ्नो रेटिङ जोगाउन कठिन हुने विवेकको बुझाइ छ ।

नेपालले फिडे मास्टर पाएको १२ वर्ष भइसकेको छ । तर त्योभन्दा माथि जान नसक्नुलाई दुर्भाग्य ठान्छन् उनी । उनले भने, ‘इन्टरनेसनल मास्टर (आइएम) र ग्रान्ड मास्टर (एफएम) नेपालमा छैनन् । जसले गर्दा हामीले अन्तर्राष्ट्रियस्तरमा आशातीत सफलता पाउन सकिराखेका छैनौं ।’

२३ सयसम्म रेटिङ पाउनेले फिडे मास्टर हुन पाउँछ । हाल नेपालका कुनै पनि खेलाडीको रेटिङ २३ सयभन्दा माथिका छैनन् । २४ सयभन्दा माथिको रेटिङ भएपछि मात्र इन्टरनेसनल मास्टर प्राप्त गर्छन् । विवेक भन्छन्, ‘हामीले २३ सय रेटिङ नै बनाउन सकेका छैनौं । त्यसैले हाम्रा लागि पहिलो लक्ष्य भनेको आफ्नो रेटिङ २३ सय कटाउने छ । त्यसपछि मात्र हामीले इन्टरनेसनल मास्टरका लागि प्रयास गर्न सक्छौं ।’

फिडे मास्टर बन्न पनि इन्टरनेसनल मास्टर र ग्रान्ड मास्टरसँग करिब एक वर्षको प्रशिक्षण लिनुपर्छ । खेलाडीहरूले पनि स्तरीय प्रतियोगिता छनोट गरेर खेल्नुपर्ने विवेकको भनाइ छ ।

अहिले चेसका लागि धेरै प्रतियोगिता आयोजना नभइरहेको र प्रायोजकसमेत नभएकाले खेलाडीहरूले फिडे मास्टरका लागि आवश्यक रेटिङ ल्याउन कठिन भइरहेको विवेक सुनाउँछन् ।

बुद्धिचाल संघले पनि निरन्तर प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन । उनले भने, ‘सम्भवतः प्रायोजकको अभावका कारण निरन्तर प्रतियोगिताहरू नभएका होलान् । संघ जिम्मेवार नबन्दा कुनै समय निकै उचाइ लिइसकेको चेसको गति सुस्त भएको छ । नयाँ खेलाडीहरूले यसमा भविष्य नै छैन भन्ने ठानिसके जस्तो लाग्छ ।’

रेटिङ बढाउन खेलाडीले अन्य राष्ट्रमा हुने प्रतियोगिताहरू खेल्न निकै कठिन छ ।   नेपाली खेलाडीहरूले भारतमा गएर विभिन्न प्रतियोगिता खेल्छन् । तर त्यहाँ नेपाली खेलाडीलाई रेटिङ बढाउन कठिन हुने विवेकको बुझाइ छ ।

सन् २०१४ मा रसियन सोसियल स्टेट विश्वविद्यालयबाट उनले रुसमा चेसको छात्रवृत्ति पाएका थिए । त्यहाँ उनले ग्रान्ड मास्टरहरूसँग एक वर्षको प्रशिक्षण लिने मौका पाएका थिए ।

‘म मस्कोमा भएको भएर यहाँ राष्ट्रिय च्याम्पियनसिप भने खेल्न पाइनँ । तर चेस ओलम्पियाडकै लागि मैले छनोट प्रतियोगिताहरू खेल्न आवश्यक थिएन,’ विवेकले भने, ‘मेरो रेटिङ अहिले २२ सय ६० छ । मेरो लक्ष्य इन्टरनेसनल मास्टरसम्म पुग्ने हो ।’