चैत्र १४, २०८२ शनिबार | २२:०५:३५
हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ?
शनिबारको दिन खेलकुद संघ

कोभिडको बहानामा हाइसन्चो

वर्ष २०७८ को सुरुमा कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएको भन्दै विश्वका कतिपय देशले लकडाउन गरिरहेका बेला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भने नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण भव्यसँग सकिएको हो ।

त्यतिबेला नै नेपालले मलेसिया र नेदरल्यान्ड्ससम्मिलित क्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेलेको थियो ।

फुटबल र क्रिकेटका साथै भलिबल, बास्केटबल, ब्याटमिन्टन, तेक्वान्दो, बक्सिङ, कराते, जुडो, लनटेनिस, टेबलटेनिस लगायतका खेलहरू भने निरन्तर भइरह्यो । केही प्रतियोगिताहरू राष्ट्रिय संघले आयोजना गरे भने केही प्रतियोगितामा संघ प्राविधिक सहयोगीको रूपमा रह्यो ।

कोभिड–१९ महामारीको पहिलो लहरपछि पनि यी संघहरूले प्रतियोगिताका साथै प्रशिक्षणलाई भने निरन्तरता दिएका थिए ।

तर, कोभिड–१९ संक्रमणको महामारी भने राष्ट्रिय खेलकुद परिषद (राखेप)मा आबद्ध भएका धेरै संघका लागि उचित बहाना बन्यो । लामो समयदेखि संघहरू निस्क्रिय छन् । प्रशिक्षण छैन । प्रतियोगिता पनि आयोजना भएको छैन । यसको कारण के भनेर सोधियो भने एउटै जवाफ आउँछ, ‘कोरोना महामारीका कारण संघले गर्ने नियमित कार्यक्रम गर्न सकेनौं, प्रशिक्षण पनि सम्भव भएन ।’

नेपाल पौडी संघले वर्ष २०७८ मा कुनै पनि कार्यक्रम गर्न सकेन । पौडीका लागि कोरोना महामारी सबैभन्दा उत्तम बहाना भयो । ओलम्पिकमा दुई खेलाडीको सहभागिता नै पौडी संघका लागि वर्ष २०७८ मा सबैभन्दा ठूलो उपलब्धि रह्यो ।

उसु नेपालले सागका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सधैं पदकको आशा राख्ने खेल हो । तर, उसु संघले यस वर्ष कुनै पनि प्रतियोगिता गर्न सकेन । संघले राखेपको सेमी कभर्डहलमा अस्तव्यस्त रहेको म्याटसमेत व्यवस्थापन गर्न सकेन ।

त्यस्तै नेपाल स्क्वास एन्ड र्याकेट संघका लागि साधारणसभा नै वर्ष २०७८ को ठूलो कार्यक्रम रह्यो । खेलाडीका लागि कुनै प्रतियोगिता भएन ।

यसअघिका वर्षमा जस्तै नेपाल जिम्न्यास्टिक संघले वर्ष २०७८ मा पनि कुनै प्रतियोगिता गर्न सकेन भने नेपाल सुटिङ संघको गतिबिधि पनि शून्य रह्यो । यद्यपि सुटिङले ओलम्पिकमा सहभागी हुन कल्पना परियारलाई जापान पठाएको थियो । जहाँ उनले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले पनि वर्ष २०७८ मा कुनै प्रतियोगिता आयोजना गर्न सकेन । नेपाल तानडोरी संघ, नेपाल डण्डीबियो संघ, नेपाल बलिङ संघ, नेपाल उडबल संघ, नेपाल हात्ती खेल संघ, नेपाल जोरखाने खेलकुद महासंघ, कर्फबल संघ नेपाल, नेपाल बेसबल एन्ड सफ्ट बल संघ, नेपाल रोबिङ संघ, नेपाल नेटबल संघ, नेपाल रोलबल संघ, नेपाल आइस हक्की संघ, नेपाल थाइ बक्सिङ संघ, नेपाल पारा ब्याडमिन्टन संघ, नेपाल सुमो संघ, नेपाल रोप स्किपिङ संघ, नेपाल कुराँस संघ, मोर्डन पेन्टाथलन फेडरेसन नेपाल, नेपाल कम्ब्याट संघ, नेपालिज फेडरेसन अफ बडीविल्डिङ एन्ड फिटनेस, नेपाल फुटसल संघ, नेपाल फुटभली संघ, नेपाल बहिरा तथा दृष्टविहीन पारा जुडो संघ, राष्ट्रिय पारा पौडी संघ, नेपाल पारा आर्चरी संघ, नेपाल र्याकेट बल संघ, नेपाल थ्रो बल, नेपाल पावर लिफ्टिङ संघ, स्पेसल ओलम्पिक नेपाल संघ, नेपाल ओरियन्टियरिङ फेडरेसन जस्ता दर्जनौं खेल संघको वर्ष २०७८ मा गतिविधि शून्यमै रह्यो ।