चैत्र १३, २०८२ शुक्रबार | ०९:०८:२४
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य
शनिबारको दिन इयर इन्डर्स २०२१

नेपाली खेलकुदमा बितेको वर्ष: एथ्लेटिक्स देखि भलिबलको स्वर्णसम्म

काठमाडौं । कोभिड १९ को महामारीले करिब दुई वर्ष थलिएको नेपाली खेलकुदले पुरानै लयमा फर्किने जमर्कोमा एक वर्ष (सन् २०२१) खर्चियो । अन्तर्राष्ट्रिय स्तरमा नेपालले वितेको एक वर्षमा मिश्रित नतिजा निकाल्यो ।

कोराना महामारीबाट पूर्ण छुट्कारा नपाउँदै आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामामा नेपालको प्रदर्शन औसत नै रह्यो । विश्व खेलकुदको महाकुम्भ– ओलम्पिकमा नेपाल सदा झैँ निराश बन्दा फुटबल टोलीले ऐतिहासिक उपलब्धी हासिल गर्यो ।  

पुष्पा भण्डारीले जनवरीमा बंगलादेशमा भएको ढाका म्याराथनमा स्वर्ण जितेसँगै नेपाली खेलकुदले वर्षको सुखद् सुरुआत गरेको थियो । र, मंगलबार राष्ट्रिय महिला भलिबल टोलीले स्वर्ण पदक जितेसँगै सन् २०२१ को बिदाई पनि सुखद् नै रह्यो । बंगलादेशमा स्वर्णबाट सुरु भएको नेपाली खेलकुदको वर्ष बंगलादेशमै स्वर्ण जितेर समापन भएको छ । सुखद संयोग कस्तो भने, नेपाललाई दुवै सफलता महिला खेलाडीबाट मिल्यो ।

कोभिडको प्रभावबाट मुक्त हुने प्रयासमा केन्द्रित रहेको पछिल्लो वर्ष २०२१ मा नेपाली खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगितामा बेहोरेका उत्तर–चढाब:

फुटबलमा अभूतपूर्व सफलता

नेपाली पुरुष फुटबलका लागि यो वर्ष उत्कृष्ट रह्यो । यद्यपि, महिला टोलीका लागि भने यो वर्ष बिर्सिन लायक रह्यो । पुरुष टोलीले २८ वर्षमा पाहिलो पटक साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्यो । यस्तै, नेपालले विश्व कप तथा एसियन कपको संयुक्त छनोटअघि इराक जस्तो बलियो टोलीसँग मैत्रीपूर्ण खेलको मौका पाएको थियो ।

त्यसअघि नेपालले घरेलु मैदानमा थ्री नेसन्स कप आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना गर्दै उपाधिसमेत जित्यो । विश्वकप छनोटअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलको थियो ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा स्थान बनाउन असफल रहेको नेपालले एसियन कपको तेस्रो चरण खेल्ने मौका पाएको छ । विश्वकप र एसियनतर्फ नेपालको अपेक्षा धेरै नभएकाले यी सबै कुरालाई साफ च्याम्पियनसिपमा फाइनल यात्राले छायाँमा पार्यो । नेपालले साफमा अभूतपूर्व सफलता हासिल गर्दै भारतसँग फाइनलमा भेट निश्चित गरेको थियो । फाइलनमा पराजित भएर उपाधिबाट विमुख हुनुपरे पनि नेपालका लागि उपविजेता बन्नु अभूतपूर्व उपलब्धी भयो ।

अर्कातिर महिला टोलीले एएफसी वुमेन्स कप छनोट चरण पार गर्न सकेन । सर्वकालिन उ्रच्च गोलकर्तासमेत रहेकी सावित्रा भण्डारीको चोटले समग्र टोलीलाई नै पिरोल्यो ।

छनोटको समूह एफअन्तर्गत फिलिपिन्स र हङ्कङविरुद्ध एक बराबरी र एक हार बेहोरेको नेपाली टोलीमा सावित्राको कमी खड्कियो । छनोट खेलेर फर्किँदै गर्दा नेपाली खेलाडीले खुलेरै सावित्रा भएको भए नतिजा अर्कै हुने बताएका थिए ।

त्यसबाहेक नेपाली महिला टोलीले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने मौका पायो । बितेको एक वर्षमा महिला टोलीले सीमित (४) खेलको मात्रै मौका पायो ।

औसत क्रिकेट

कोरोना भाइरसले थलिएको नेपाली क्रिकेटले पुरानै लयमा फर्किन ट्राई नेसन्स ट्वान्टी–२० शृंखलाबाट यात्रा सुरु गरेको थियो । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित शृंखलामा नेपाली पुरुष टोली विजयी भयो ।

त्यसको करिब पाँच महिनापछि नेपाल विश्व कप क्रिकेट लिग–२ (सिडब्लुसी) का लागि कुवेत भ्रमणमा निस्किएको थियो । ओमान भ्रमणकै क्रममा नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेलेको थियो । ती दुवै खेलमा जित निकालेको नेपालले सिडब्लुसीमा दुई जित, दुई हारको नतिजा निकाल्यो । समग्रमा नेपाली पुरुषका लागि यो वर्ष औसत रह्यो ।

अर्कातिर महिला टोलीका लागि यो वर्ष मिश्रित रह्यो । नेपाली महिला टोलीले यो वर्ष पहिलो पटक एकदिवसीय श्रृंखला खेल्यो । कतारविरुद्धको त्यो शृंखलामा नेपालले क्लिनस्विप गर्यो ।

तर, आइसिसी वुमेन्स टी–२० विश्वकपको इस्टर्न रिजन छनोटमा नेपाली महिला टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन । र, पहिलो चरणबाटै बाहिरिनु पर्यो । युएई, हङ्कङ, मलेसिया, भुटान र कुवेत सम्मिलित छनोटमा नेपाल तेस्रो स्थानमा सीमित भयो ।

भलिबलमा उत्साह

नेपाली भलिबलका लागि यो वर्ष मिश्रित रह्यो । पुरुष टोली औसत प्रदर्शन र नतिजाबाट माथि उठ्न नसक्दा महिला टोलीले सेन्ट्रल जोनको उपाधि रक्षा गर्यो । बंगलादेशमा भएको प्रतियोगिताको दोस्रो संस्करणमा ६ टोली सहभागी थिए । पाँच टोलीको चुनौती पन्छाउँदै च्याम्पियन बनेको नेपाली टोलीले अपराजित रहँदै दोस्रो पटक उपाधि जित्यो ।

राउन्ड रोबिन पद्दतिमा सम्पन्न प्रतियोगिताको शीर्ष स्थानमा रहँदै नेपाली महिला टोलीले फाइनल यात्रा तय गरेको थियो । प्रतियोगितामा नेपालले दुई खेलमा ४ सेटमा मात्रै पराजय बेहोर्यो ।

 पुरुष टोलीले खेलेको एउटा मात्रै प्रतियोगिता– सेन्ट्रल जोनमा दुई खेल मात्रै जित्दा महिला टोलीले अपराजित रहँदै उपाधि उचाल्यो । राष्ट्रिय स्तरमा लगातार प्रतियोगिता भइरहे पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको खडेरी यो वर्ष पनि उस्तै रह्यो । 

ओलम्पिकमा निराशा

कोरोना भाइरसको महामारीको माझमा आयोजित टोक्यो ओलम्पिकमा नेपालको प्रदर्शन उल्लेख्य रहेन । सर्वाधिक आश गरिएकी पौडीकी गौरिका सिंहले अपेक्षित प्रदर्शन गर्न नसक्दा अन्य खेलाडीहरू– एलेक्स साह, कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउँदा जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी सहभागीमा मात्रै सीमित रहे ।

एथ्लेटिक्सबाट वर्षको शानदार सुरुआत

वर्षको सुरुआतमै ढाकामा जितेको स्वर्ण पदक यो वर्ष नेपालले अन्तर्राष्ट्रिय स्तरमा एथ्लेटिक्समा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धी रह्यो । त्यसबाहेक नेपालले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै १ सय मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती चौधरीले उल्लेख्य प्रदर्शन गर्न सकिनन् ।

त्यसबाहेक नेपाली धावक गोपी चन्द्र पार्कीले जर्मनीमा भएको बर्लिन म्याराथनमा सहभागिता जनाए पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।